थारु चलचित्र तथा साँस्कृतिक संघ सुनसरीको समिक्षा बैठक कार्यक्रम सम्पन्न

Wednesday, 3 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

कुलदिप चौधरी,,
थारु चलचित्र तथा  संास्कृतिक संघ जिल्ला कार्य समिति सुनसरीले विभिन्न कार्यक्रम आयोजना गरेको हर हिसाब समिक्षा कार्यक्रम मार्फत सार्वजनिक गरेको छ । थारु कल्याणकारीणि सभा हलमा एक कार्यक्रम बीच सो हिसाब किताब पार दर्सी संघले गरेको हो ।
गत साल २०७४/६/९ गते विधिपुर्वक गठन भएको संघ स्थानिय कलाकारहरुको संरकक्षण र समबर्धनका निम्ति विभिन्न कला संस्कृतका कार्यक्रमहरु छोटाे अवधिमा गर्दै आएका छन।

जानकी चौधरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा थारु चलचित्र तथा संास्कृत संघका केन्द्रिय अध्यक्ष तथा थारु पहिलो चलचित्रका महा नायक पर्शुराम चौधरीले कार्यक्रमलाई  सम्बोधन गर्दै कलाकारहरु भनेको राष्ट्रिय गहना हो, हरेक स्टेजहरुमा पहिले कलाकारको उल्लेखनीय भुमिका रहेको हुनछ पहिले कलाकारहरुले स्टेज जमाउ छ त्यस पछी नेता मन्त्री बोल छ , तसर्थ कलाकारको हक अधिकार हुनु पर्ने जोड दिनु  भयो।

यसैगरी राजनीतिक प्रेमी युवा नेता तथा चलचित्र निर्माता विशिष्ट अतिथि दिनेश चौधरीले थारु समुदायको भाषा संस्कार संस्कृत जगेर्नाको निम्ति यश थारु चलचित्र संघका कलाकार भाइ बहिनिहरुको बहुमुल्य योगदान रहेको हुदा सफलता को शिखर चुमौस भनी शुभकामना दिनु भयो । यसैगरी कार्यक्रममा थाकसका पुर्व अध्यक्ष चन्द्र कुमार चौधरी, समाज सेवि बद्री नारायण चौधरी , थारु चलचित्र संघका केन्द्रिय उपाध्यक्ष रेनु चौधरी , लगायत धेरै वक्ताहरूले कार्यकालको शुभकामना दिएका थिए ।
संघले आयोजना गरेको देउसी भैलो, कन्सर्ट कार्यक्रम बाट आएको रकम ९६ हजार एक सय दस रुपैयाँ र संस्था संचालन र व्यवस्थापन अन्य शिर्षकमा भएको खर्च ६४ हजार तीन सय पाँच रुपैया भएको समितिका स कोषा अध्यक्षले पढेर सुनाएको जानकारी कोषा अध्यक्ष ललिता चौधरीले दिए।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu