नेपाल सरकार,नेता र तिनका अन्धभक्तहरु किन दिन्छौं बारम्बार सोझा साझा थारु जातीलाई धोका?
चुनाव आउनु भन्दा पहिला थारु संग सम्झौता गर्ने
र भन्ने कि पुर्व झापा देखि पच्छिम कैलाली,कंचनपुर सम्म बनाउनेछौ हामी थरुहट प्रदेश !
चुनाव सकिए पछि बिहारी र भारतको इसारामा तराईलाई बनाउने मधेस ?
पहिचान र हक अधिकारको लागी थारुहरुले आन्दोलन गर्दा मान्छे मार्ने अरुले
तर थारुहरु लाई किन बनाउछौ बलिको बोका ?
अब थारु जातीलाई धोका दिने काम कुराहरु गर्न छोड्देउ हो नेता !
नभए तिम्रा भावी सन्ततिले धिकार्ने छ्न,
३० लाख थारुहरुले सराप्ने छ्न।
सहनशीलताको बाध फुटे पछि सोझा साझा थारुहरुले तिमि नेता भनाउदाहरुलाई जिउँदै जलाएर मार्नेछ्न।
चुनाव आउँदा भोट असुल्न थारु नाचगान
संस्कृतिको गर्छौ प्रयोग!
केही असल थारु अगुवाहरु हक अधिकार र समानताको कुरा गर्दा घरबार बिहिन बनाइ जिन्दगी बनायौ बिजोग ।
हे ! नेपाल सरकार,नेता र तिनका अन्धभक्तहरु
किन दियौ बारम्बार सोझा साझा थारु जातीलाई धोका,
पहिचान र हक अधिकारको लागी थारुहरुले आन्दोलन गर्दा मान्छे मार्ने अरुले
तर थारुहरु माथी झुठो आरोप लगाइ
किन बनाउछौ बलिको बोका ?
७ नम्बर प्रदेशमा थारु जातीलाई दिने भनिएको मुख्यमन्त्री पद त खोस्यौ खोस्यौ !
२ नम्बर प्रदेशमा बसोबास गर्ने थारु जातिको
खोस्यौ आफ्नै थारु चौधरी मातृ भाषा,
एक चटि मनन गरेर सोच तिमी २ नम्बर प्रदेशको
जनता भनाउदाहरु हो!
तराईमा थारुको बसोबास नभएको भए के हुन्थ्यो नेपाल देशको दसा ?
हे ! नेपाल सरकार,नेता र तिनका अन्धभक्तहरु
किन दिन्छौं बारम्बार सोझा साझा थारु जातीलाई धोका?
थारुहरु लाई किन बनाउछौ बलिको बोका ?
लेखक :- यस् वेबसाईटका प्रधान सम्पादक ,संचालक प्रमुख ,थारु अभियन्ता तथा पत्रकार आर एन चौधरी थारु हुन् ।
