सर्लाही प्रहरी प्रमुख बिरुद्ध मलंगवामा बिरोध प्रर्दशन

Thursday, 8 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

रंजिता शर्मा,,
सर्लाही:=अपराधका मुद्दा दर्ता नगरेर दोषिलाई छाडेको भन्दै सर्लाही जिल्ला प्रहरी प्रमुखको विरुद्धमा बुधवार मलंगवमा चन्द्रनगरका व्यक्तिहरु आएर नारावाजी गर्दै बिरोध प्रर्दशन गरेका छन् । साँढे २ महिना अघि चन्द्रनगर ६ कामदका लखिन्द्र मुखिया लगायत व्यक्तिले स्थानीय नथुनी मुखिया, किसनन्दन मुखिया र रामकेवल मुखियालाई कुटपिट गरेको मुद्दा अझै दर्ता नगरेकोले स्थानियबासीहरुले नारावाजी गरेका छन् ।

पटक–पटक आएर मुद्धा दर्ता गर्नका लागि भन्दा आजभोली भन्दै आज सम्म प्रहरी झुलाएको आरोप पिडित पक्षले लगाएका छन् । बाध्य भएर दबाब दिनका लागि आफुहरुलाई बिरोध प्रदर्शन गर्नु परेको चन्द्रनगर गाउँपालिकाका वडा सदस्य एवम् पिडित रामकेवल मुखियाले बताउनुभयो । करिब २ सय ५० जनाको संख्यामा आएका स्थानियबासीले भ्रष्ट प्रशासन मुर्दाबाद, कानुनी राज्य काम गर, पैसाले न्याय खरिद विक्री बन्द गर, भ्रष्ट एसपी मुर्दाबाद, चन्द्रनगरको मुदा दर्ता गर र मानव अधिकारको रक्षा गरौ जस्ता चर्को नाराबाजी समेत गरेका थिए । कुटपिटवाट नथुनीको टाउकोमा गम्भीर चोट लागेको छ । नथुनीको टाउकोमा ८ वटा टाँका लगाउनु परेको छ । किसनन्दन मुखियालाई १२ वटा टाँका लागेको छ, भने रामकेवलको खुट्टा भाँचिएर स्टील हाल्नु परेको छ । प्रहरी प्रमुख प्रदेश सभाको बैठकमा भाग लिन जनकपुर गएकोेले आवश्यक छलफल हुन् सकेन प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनुभयो । सर आएपछि दुबैपक्षका कुरा सुनि आवश्यक कारबाहीका प्रकृया अगाडी बढ्ने थापाले जानकारी दिनुभयो । प्रदर्शनकारी नाराबाजी गर्दै प्रहरी कार्यालय अगाडी पुग्दा कार्यालय अघिल्तीर पुग्दा गेटमा कडा सुरक्षा ब्यबस्था मिलाइएको थियो । जिल्ला प्रहरी अघिल्तीरै प्रहरी बिरुद्ध नारावाजी गर्दै जुलुस अघि बढेको थियो । जुलुस जिल्ला प्रशासन कार्यालय अगाढी समेत प्रर्दशन गरेको थियो ।

जिल्लाको शान्ति व्यवस्था अहिले निकै कमजोर भएको आरोप क्षेत्र १ का सांसद प्रमोद साहले लगाउनुभएको छ । प्रहरी शान्ति सुव्यवस्था छोडेर कमाउनमा मात्र ध्यान दिएको सांसद साहको प्रतिक्रिया छ । जिल्लामा व्यापक मात्रमा अपराधका घटनाहरु बढेको छ । सदरमुकामको बिच बजारमै चोरीका घटनाहरु हुन थालेको छ, लालबन्दीबाट ८ वटा मोटरसाईकल चोरी भएको छ, व्यापक मात्रामा जंगल फडानी भईरहेको उहाँले भन्नुभयो । सर्वसाधारण जनताले अब न्याय नपाए चुप लाग्ने बाला छैन् साहले बताउनुभयो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu