हमार सनेश सहकर्मी ,,
बर्दिया :=सोनाहा विकास समाज राजापुर, बर्दिया
बर्दिया जिल्ला राजापुर नगरपालिकामा अवस्थित सोनाहा विकास समाजको गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा साझेदारीको रुपमा रेहेर शिक्षा, स्वास्थ्य तथा खानेपानी सरसफाई, र आयआर्जन, र सम्बन्ध बिस्तार क्षेत्रमा बर्दिया जिल्लाको राजापुर नगरपालिका वार्ड नं.—१,(साबिकको दौलतपुर गा.वि.स), गेरुवा गाँउपालिका वार्ड नं.—१,२,३,४,६ (साबिकको पाताभार,गोला र मनाउ गा.वि.स) र मधुवन नगरपालिका भित्रको साबिकको सानो श्री ताराताल अन्तर्गत आफ्ना कार्यक्रम संचालन तथा सहयोग गर्दै आएकोछ।
उक्त कार्यक्रममा संस्थाको कार्यक्षेत्रका सहयोग प्राप्त सम्बन्धित बिद्यालय, सरकारी कार्यलय, पशु तथा कृषि कार्यालय, सहकारी, अभिभावक, गेरुवा गाँउपालिका अन्तर्गतका वार्ड अध्यक्ष,स्वास्थ्य चौकी, स्रोत ब्यक्ति, परियोजना ब्यवस्थापनका अध्यक्ष, सदस्य, सोनाहा विकास समाजका कार्य समितिका पदाधिकारीहरु, सामुदायिक विकास समितिका पदाधिकारी र बुद्धिजिवी तथा समाजसेवीहरुको उपस्थितीमा कार्यक्रम संम्पन्न भएको थियो।
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा सन् २०१७ मा जम्मा रु. ३,१८,११,९१७÷— प्राप्त बजेटमा रु. ३,०१,७१,४२०÷— को कार्यक्रम संचालन तथा सहयोग भइ खर्च भएको जानकारी प्राप्त भएको थियो ।उक्त सोनाहा विकास समाजको आर्थिक कारेबार तथा क्रियाकलापको सामाजिक लेखा परिक्षण गेरुवा गाँउपालिका—३, शान्ती बजारमा मिति २०७४ साल फागुन ७ गतेका दिन सम्पन्न भएको थियो ।