अहिलेसम्म आएको छैन
~~
ऊनी सम्म जान खोज्छ मन फूल बोकेर
सुम्पिन खोज्छु म धड्कन फूल बोकेर
~~
सधैं तिमी बेहुली बन्थेयौं म बन्थे बेहुलो
बिर्सियौं तिमीले त्यो वचपन फूल बोकेर
~~
समय प्रेमिल थियो थियो मन फूल जस्तो
तिमी आउँथ्यौं मनको आँगन फूल बोकेर
~~
घिर्नागर्न जानेकै छैनन् फूललाई मान्छेले
र त मुर्दा समेत हिड्ने गर्छन् फूल बोकेर
~~
तिमी त्यो अतीतलाई आजादी दिएर हेर
स्पर्श गर्न आइ पुग्नेछ पवन फूल बोकेर
~~
लेखक := रेशम रचित
