ऊनी सम्म जान खोज्छ मन फूल बोकेर

Wednesday, 21 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

अहिलेसम्म आएको छैन
~~
ऊनी सम्म जान खोज्छ मन फूल बोकेर
सुम्पिन खोज्छु म  धड्कन  फूल बोकेर
~~
सधैं तिमी बेहुली बन्थेयौं म बन्थे बेहुलो
बिर्सियौं तिमीले त्यो वचपन फूल बोकेर
~~
समय प्रेमिल थियो थियो मन फूल जस्तो
तिमी आउँथ्यौं मनको आँगन फूल बोकेर
~~
घिर्नागर्न जानेकै छैनन् फूललाई मान्छेले
र त मुर्दा समेत हिड्ने गर्छन् फूल बोकेर
~~
तिमी त्यो अतीतलाई आजादी दिएर हेर
स्पर्श गर्न आइ पुग्नेछ  पवन फूल बोकेर
~~
            लेखक := रेशम रचित

Share this article :
SHARE THIS POST IN YOUR CHOICE LOCATION
 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu