सहकर्मी जनक बहादुर कठरिया,,
फागुन:=बर्दिया जिल्लामा अवस्थित गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा साझेदारी संस्था सोनाहा विकास समाज बर्दियाको सम्बन्वय तथा सहकार्यमा र मधुवन नगरपालिकाको आयोजनामा “अन्र्तराष्ट्रिय नारी दिवस —२०७४” भब्यताका साथ मधुवन नगरपालिका बर्दियामा मनाइएको छ।
उक्त कार्यक्रमको प्रमुख अतिथी नगरपालिकाको प्रमुख तथा मेयर श्री गणेश के.सी. रहनु भएको थियो । साथै उप मेयर श्री शुभरानी थारु, नगरपालिकाको प्रशासकिय अधिकृत श्री धर्म राज न्यौपाने पनि अतिथीको रुपमा उपस्थित हुनुहुन्थ्यो । साथै समाजसेवी तथा बुद्धीजिवी, महिला संजाल, बिभिन्न संघ संस्थाका पदाधिकारीहरु, स्थानिय जनसमुदाय र महिला दिदीबहिनीहरुको उपस्थिती रहेको थियो ।
उक्त नारी दिवसमा “आर्थिक विकासमा महिलाको सहभागिता” शिर्षकमा बक्त्रीत्व कला प्रतियोगिताको कार्यक्रम भएको थियो । साथै बिभिन्न महिला जागरण सम्बन्धि जनचेतना मुलक, साँस्कृतिक कार्यक्रम गरी अन्र्तराष्ट्रिय नारी दिवस—२०७४ सफल रुपमा भब्यताका मनाइएको थियो ।


