हमार सनेश सहकर्मी ,,
मलेसिया :=पाचथरको फिदीम १ ढोडेनीमा बुबा लिला बहादुर राई र आमा कमला राइको कोखमा जन्मनु भएका शान्ति बान्तावा राई पछिल्लो समय मा परदेश मै भए पनि नेपाली म्युजिक भिडियोमा निकै ब्यस्त हुनु रहेको छ । सानै उमेर देखी गित संगित भन्ना साथ कम्मर हल्लाउने र गाउँ घरको नाचगानमा नाच्न अघि सर्ने शान्ती पछिल्लो समय भने वैदेशिक रोजगारीको सिलसिलाको क्रममा मलेशियामा हुनुहुन्छ ।।
पारिवारिक अबस्था कमजोर रहेकै कारण पर्देशिनु परेको दुख व्यक्त गर्दै गित संगित क्षेत्रमा पनि आफ्नो यात्रा निरन्तर दिई रहेका शान्ति । परदेशमै रहेर उहाले हाल सम्म डेढ दर्जन गितको म्युजिक भिडियो मा आफ्नो अभिनय गरिसक्नु भएको छ ।
चोट लाग्यो जिन्दगीमा, तिम्लाई धेरै धेरै माया लगायत यो शरीर मात्र उहाको आजभोलि नै रिलिज हुने तरखरमा रहेका गितहरु हुन । तेस गित मध्य चोट लाग्यो जिन्दगीमा भन्ने गित ले आफुलाई धेरै नै राम्रो हुने अशाबादि रहेको जनाएको छ
नायक तथा निर्देशक शम्भु मोक्तानको निर्देशन रहेको यश गितमा शम्भु मोक्तान र शान्ती बान्तावा राइको प्रमुख अभिनय रहेको छ भने चर्चित सेलो गायक तथा संगितकार कोष बम्जन तामाङ को शब्द तथा चर्चित गायक, संगितकार तथा आर बि लामा र कोष बम्जन तामाङ ले संयुक्त संगीत रहेको छ । तारा लाक्साम लिम्बु को स्वर तथा कोष बम्जन तामाङ को छायांकन रहेको यस गित नेपाल म्हार म्हेन्दो कलाकार संघ मलेसियाको पहिलो प्रस्तुती रहेको छ
