प्रत्येक वर्ष बैषाख १ गते मनाइने यो पर्व पूर्वी तराईमा मानिने प्रमुख पर्व हो। यो पर्व खास गरेर ३ दिनसम्म मनाइन्छ । यस पर्व लाई “जुर-सितल” पनि भन्ने गरिन्छ। यस पर्वको पहिलो दिन बैशाख १ गते अर्थात् यस दिनलाई “पानी-सिरुवा” भन्ने गरिन्छ । पानी सिरुवामा आफूभन्दा ठूलाको खुट्टामा पानी हालेर आशिर्वाद लिने गरिन्छ । शुभकामना आदानप्रदान गर्ने गरिन्छ । वर्षको दुःख कष्टलाई धोइ पखाली नयाँ वर्षको शुरुवातसँगै वर्ष भरि शरीर जुर र शीतल रहोस् भनी कामना गरिन्छ। दोस्रो दिन अर्थात २ गतेलाई कादो सिरुवा भनिन्छ । यसदिन एकले अर्कालाई हिलो छ्यापा-छ्याप गरेर मनाउने गर्छन् । बर्षभरिका दुःख कष्ट, पीडा र थकानलाई मेटाउन कादो सिरुवा खेलिने चलन छ । यसो गर्नाले माटोको शरीर अन्ततः माटो मै विलिन हुने भएकाले शरीरलाई कुनै रोगव्याधी नलाग्ने बिश्वास गरिन्छ नव वर्षको तेस्रो दिन रंग सिरुवा खेलिन्छ। रंग सिरुवामा एक अर्काबीच रंग छ्यापेर शुभकामना आदानप्रदान गर्ने गरिन्छ । रिस, राग त्यागेर मनमुटावलाई बिर्सेर रंग खेली हर्ष उल्लासका साथ मनाइन्छ । सबैले नयाँ बर्षको उपलक्ष्यमा नयाँ लुगा लगाउने, मिठो-मिठो परिकारहरू खास गरि चामलको रोटी जस्तै तेलपौर, गुँडपौर र थरि थरिका पकौडाहरू बनाएर खाने चलन छ। बैशाख १ सिरहा मा फुलवारी मेला, सप्तरीमा अगिनसाईर लगाईतका बिभिन्न जिल्लाहरूमा भब्य रुपमा मेला लाग्ने चलन छ।
प्रत्यक बर्ष बैसाख १ गते सिरुवा पर्व को अवसर मा सिराहा जिल्ला मा सल्हेश फुलवारी को मेला लाग्ने गर्द छ /यस मेला को मुख्य आकर्षण बर्ष को १ दिन बैसाख १ गते मात्र हारण को फुल फुल्ने गर्द छ / यो फुल को दर्शन गर्न ५०औ हजार मनिश हरु को भिड लाग्ने गर्दा छ /
अन्त मा :- नयाँ वर्ष २०७५ को सबैमा हार्दिक मंगलमय शुभकामना।
लेखक : तुलशी थारु ( था क स उपत्यका समिति का सचिव हुनुहुञ्छ)