आर एन चौधरी थारु,,
काठमाडौ:=थारु समुदायको चर्चित,प्रख्यात थारु म्युजिक भिडियो निर्देशक,गायक,मोडेल, डान्सर,राज कुश्मी र गायिका तथा मोड्लिङ क्षेत्रमा भरखरै पाइला चाल्नु भएका नयाँ थारु मोडेल अन्जु कुश्मी दुई जनाले नै स्वर दिएर अभिनय गरेर निकाल्न लागेको नयाँ थारु गीति भिडियो एल्बम " फुल कुमारीमा " समाबेश गरिएको "प्यार से चुम्मा दैइदेउ फुल कुमारी जवानी हो दुई दिनके चोला" नामक थारु हट गितको म्युजिक भिडियो सार्बजनिक भएको छ।
अहिलेका चर्चित जोडीको रुपमा समेत प्रख्यात राज कुश्मी र अन्जु कुश्मीको स्वर रहेको "प्यार से चुम्मा दैइदेउ फुल कुमारी"को भिडीयो बिन्दास मिडियाको युट्युब च्यानलबाट आज रिलिज,सार्वजनिक भएको हो।चर्चित गायिका अन्जु कुश्मीले अभिनय गरेको यो दोस्रो थारु गीतको म्युजिक भिडियो हो ।स्वयम अन्जुलेनै निर्माण गरेको यस म्युजिक भिडियोको निर्देशक राज कुश्मी र सुरज कुसुम्या हुनुहुन्छ । राज कुश्मीको शब्द, संगीतमा रहेको यस् भिडियो गितको गणेश चौधरीले रिकोर्डिङ र ब्यवस्थापन गर्नु भएको छ भने अडियो सम्पादन प्रकाश केसी र भिडियो सम्पादन, छायांकन रामु चौधरी, कलर/श्रृङ्गार अम्रता थारुले गर्नु भएको छ।
प्रदिप थारुको कोरियोग्राफी,आर के सि डिजिटल स्टुडियो,ड्रीम रिकोर्डिङ स्टुडियोको साथ र बिच बिचमा राज कुश्मीको र्याप पनि रहेको यस् भिडियोमा राज कुश्मि,अन्जु कुश्मी,नरेश थारु,प्रदिप थारु लगायतको कलाकारहरुको मनमोहक नृत्य सहितको अभिनय रहेको छ।
तलको लिङ्कमा क्लिक गरि हेर्नुहोस् थारु नयाँ म्युजिक भिडियो :=
Home
Culture
News
Photos
Videos
राज कुश्मी र अन्जु कुश्मीको 'चुम्मा दैइदेउ फुल कुमारी"को म्युजिक भिडियो तलको लिङ्क क्लिक गरि हेर्नुहोस्



