प्रधानमन्त्री ज्यु लाई अनुरोध
मिति :- २०७४-११-२१
सम्माननिय प्रधानमन्त्री ज्यु केपि शर्मा ओलि हजुर लाई पत्र लेख्ने मनसाय धेरै दिन देखि थियो तथापी समय अभाबले लेख्न सकिरहेको थिइन आज अलिकति समय खर्चेर लेखिरहेको छु। आज अनायासै मन का अन्तरङ मा केही जिज्ञासा् को उल्का बर्षा भएकाले एक दुई शब्दलाई यसै सामाजिक संजाल मार्फत लेख्दै छु यो बिरानो देश बाट। म साउ अक्षर मात्र चिनेको मान्छे ले हजुर लाई पत्र लेख्ने दुस्साहस गर्नु बेर्थ होला तर पनि दुइचार शब्द सिला खोज्दै केही लेख्ने कोसिस गर्दै छु।गल्ती हजारौं होलान तर हजुर अभिभाबक जस्तो मान्छेले परिवारको सदस्य सम्झेर माफ गरिदिनु होला।यसमा मेरो एकल समस्या जाहेर गर्न खोजेको होइन कैयौ नेपाली परदेशिको भावना समेटिएको छ कृपया बुझिदिनु होला। सुन्दैछु एउटा गरिब बिपन्न युवा आफ्नो देशमा अबसर नपाएर भएको घर खेत बन्धकि राखेर ॠणमा डुबेर लखतरान हुँदै अरबको मरभुमिमा जीवन मरण संग सम्झौता गरि दुई चार सालमा घर फर्किदा घर परिवारको लागि लेराएको एउटा मोबाइलमा कर लगाउने कानुन लागू हुँदै छ रे। के यो कार्यन्वनन गर्न हजुरको कानुन सहमत छ? यदि छ भने ढिला नगरी तत्काल लागु गर्नुहोस र खाडी मुलुकमा रहेका जति पनि युवा छन उनिहरुलाइ तत्काल नेपाल निकाल्नुहोस, रोक्नुहोस बिदेसी मुलुकमा जाने भिसा प्रकृया र बन्द गराउनुहोस म्यनपावर कंपनीहरु अनि खोल्नुहोस सरकारी लगानिमा दुई चारओटा मोबाइल कै कम्पनी र दिनुहोस रोजगारी त्यस पछि भित्रीने छैन बिदेसी मोबाइल अन्यथा यस्तो कानुन मान्य हुने कुनै आधार देखिदैन। यिनै खाडी मुलुकमा पसिना बगाउने युबाहरुको रेमिटान्सले नै तलब भत्ता र संपुर्ण परिवारको औषधोपचार को समेत बिल भुक्तानि हुने गरेको छ यो सम्झाउनुहोस मन्त्री हुनु भएका महासयहरु लाई र पढाउनु होस दिन को एक दुई घण्टा कानुन कस्तो बनाउनेर कसरी बिकाश निर्माण प्रकृयामा अगाडि बढ्ने भनेर! बिदेसी मोबाइलको पछि लागेर समुन्नत देश निर्माण कसरी होला। हजुर को पुर्बपश्चिम रेल र नेपाली झन्डा बहाक पानी जहाजको सपना कसरी पूरा होला त्यता तिर ध्यान केन्दृत गराउनुहोस। मोबाइल, सिमेन्ट, जस्तापाता, त्रिपाल, सुन, गाइको मासु, कुखुराको भाले मा आँखा लगाउनेहरुले एक त हजुरको अस्तित्व धराप बनाउछ नै अर्को तिर देश को पनि। यस्ता कुराहरुको पछि लाग्नु को सट्टा आज खाडि मुलुक पलायन भएका युवा दुई बर्ष पछि घर फर्कदा आफ्नो घर गाउँ चिन्न नसक्ने गरि बिकाश गरियोस। बाहिरि मुलुकमा रहेका लाखौं करोडौ युबाको चाहाना र खुसिलाइ पनि सोचिदिनुहोस साथै सकिन्छ भने आफ्नै मुलुकमा केही गर्ने अबसर जुटाइदिनु होस भन्दै बिदा चाहान्छु।
जय नेपाल
आदर्श
हाल बहराइन