टिकापुर घटनाको सनसनीपुर्ण खुलासा/एउटा मानसिक सन्तुलन गुमाएको बच्चालाई पत्रकार र प्रहरीले प्रयोग गर्यो/भिडियो सहित हेर्नुहोस्

Tuesday, 3 April 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आर एन चौधरी थारु,,
२०७२ साल भदौ ७,८ गते थरुह्ट आन्दोलनको बेला कैलाली जिल्लाको टिकापुरमा भएको घटनाको पीडित जेलबन्दी थारुहरुको परिवार थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीको सक्रियतामा नेपाल सरकारको प्रधानमन्त्री केपि शर्मा ओलिलाई कैदी बन्दिको रिहाईको माग गर्दै र सरकारको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाउन काठमाडौ आएका छ्न।ज्ञापन पत्र बुझ्न प्रधानमन्त्री ओलिले हिजै सोमबार भेट गर्ने भने पनि अहिले सम्म समय नदिएको पीडित परिवारको गुनासो रहेको छ।काठमाडौमा सोमबार उपत्यकामा रहेका विभिन्न संघसंस्थाहरु संगको आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा पीडित जेलबन्दीको परिवारहरुले बास्तबमा टिकापुर घटनामा क-कस्को हात छ्न ?को कसलाई कसरी ,के मा प्रयोग भयो ,गरिएको हो ?घटना कसरी घटेको हो ?भन्ने बारे घटनाको प्रत्यक्षदर्शीहरुले सत्य तथ्य खुलस्त पारेका छ्न।

टिकापुर घटना घटेको केही दिन पछि नेपालका मिडिया न्युज 24 टेलिभिजन लगायतकोले घटनाको बारे काठमाडौमा नै बसि हचुवाको भरमा ,एकलौटी ढंगले समाचार प्रकाशन/ प्रसारण गरेको थियो कि टिकापुर घटनाको प्रमुख योजनाकार केही महिना आगाडि सकिएको निर्वाचनबाट जनताको भारी बहुमत प्राप्त गरेर बिजयी हासिल गर्न सफल प्रतिनिधि सभा सदस्य साँसद रेशम चौधरी ,जेलबन्दी लक्ष्मण थारु ,लाहुराम चौधरी ,लगायतको थारु अगुवा र थारु जनताहरुको हात छ्न भनेर उनिहरुले नै यो घटना घटाएको हो भनेर तर त्यो समाचार गलत साबित भएका छ्न ।


सोमबार काठमाडौको एक कार्यक्रममा बोल्दै पीडितको परिवारले भने ,जुन नेपालका साशक बर्गको इसारामा मिडियाहरुले एउटा अबोध बालकको प्रयोग गरि ,मानसिक सन्तुलन ठिक नभएको बिरामी बच्चालाई प्रयोग गरेर ,फकाइ फुलाइ झुठो बोल्न लगाएर गलत समाचार बनाइ ,भिडियो बनाई प्रसारण गरेका थिए त्यो सरासर गलत हो किनभने त्यो बोल्ने मेरो आफ्नै छोरा करण चौधरी हुन ,उहाँको आमा र टिकापुर घटनाको जेलबन्दि पीडितको भनाइ अनुसार भिडियोमा बोलेको करण चौधरी एउटा सुस्त मनस्थिति भएको पागल बच्चा हुन स्यानै देखि सुस्त मनस्थितिको मेरो छोराको उपचार गराउन खोजेको तर आर्थिक स्थिती खराब रहेकोले कमजोर रहेकोले उपचार गराउन नसकेको भन्नू भयो ,उहाँको भनाइ अनुसार जुन बच्चाले दिसा गरेर आफ्नो हातले सफा गर्न सक्दैन ,कपडा लाउन सक्दैन ,खाना पनि फकाइ फुलाइ खुवाउनु पर्छ त्यस्तो बच्चाले कसरी चिन्न सक्छन रेशम चौधरी लाई ,बुढापाका लाई ?सोध्ने मान्छेले फकाइ फुलाइ भिडियो क्यामरा चलाएर ,मोटो मोटो छ्न ,अग्लो अग्लो छ्न भनेर बच्चा लाई बोल्न लायो नाम भनेर त्यही नाम दोहोर्याउन लगायो ,साथै बच्चा लाई ति पत्रकारले बाबु तिमिले यो सबै बोल्यौ भने म तिमी लाई हेलिकप्टरमा घुमाउछु ,काठमाडौको राम्रो राम्रो ठाउँ घुमाउछु ,खानेकुराहरु किन्दिन्छु भनेर फकाएर फसाएर झुठो समाचार प्रसारण प्रकाशन गरि सोझा साझा नेपालको आदिवासी जनजाती भुमीपुत्र सिङ्गो थारु समुदायलाई नै बदनाम गर्ने उदेश्यले ,सुनियोजित तरिकाले मेरो श्रीमान लगायत सम्पुर्णलाई फसाइएको छ ।नेपालको कानुनमा पागलको ब्यान लिएर ,पागलको कुरामा लागेर कसै लाई अपराधी साबित गर्न मिल्छ भनेर लेखेको छ?एउटा पागल बच्चालाई फकाइ फुलाइ भिडियो बनाउनु त्यो पत्रकारको र नियतलाई के नाम दिने? नेपाल सरकार संग के प्रमाण छ्न घटनाको योजनाकार रेशम चौधरी ,लगायतको थारु जेलबन्दिहरु हुन भनेर ?बिना प्रमाण झुठो आरोपको भरमा जेलमा कोच्न पाइन्छ ?


सहकर्मी चनचल चौधरीले प्रत्येक्ष उपस्थित भैइ त्यार पार्नु भएको भिडियोमा हेर्नु होस पीडित जेलबन्दीको परिवार र मिडियाको लागी सुस्त मनस्थितिका करण चौधरीलाई फकाइ फुलाइ झुठो समाचार बनाइएको चौधरीको आमाको भनाइ थारु भाषामा साथै सम्पुर्ण नेपालीहरु लाई जानकारी गराउन चाहन्छु कि माथी उल्लेख गरिएका शब्दहरु भिडियोमा उहाँले नै बोल्नु भएका हुन थारु भाषालाई नेपालीमा रुपान्तरण गरि समाचार त्यार पारिएको हो ।
थप पीडित र प्रत्यक्षदर्शीहरुको भनाइ हेर्न र सुन्नको लागी हामी संगै रहनुहोला ।हेर्नुहोस भिडियो :-
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu