सन्तोष दहित/काठमाडौं।
राजापुर २, जोतपुर बर्दियाका सीताराम थारु २०५९ सालमा उच्चशिक्षाका लागि बर्दियाबाट काठमाडौं आए । उनीसँगै एसएलसी दिएका अधिकांश साथीहरु विभिन्न कारणले पढाइ छाडे भने कोही विदेश गए । तर, उनी न विदेश गए न पढाई छाडे । विदेशमा पैसा कमाउनु जानुभन्दा जसातसो गरेर उने पढ्ने इच्छाशक्ति गरे । अहिले उनी मास्टर डिग्रीसँगै विभिन्न सामाजिक सेवामा पनि आबद्ध भएका छन् ।
सामाजिक सेवासँगै सीताराम थारुले काठमाडौंमा टिक्नलाई केही योजना बनाए । धेरैजनासँग आफ्नो योजनाहरु सेयर पनि गरे । किनकि काठमाडौं आफैँ महँगो ठाउँ । त्यसमा पनि किसानको छोरालाई काठमाडौंमा लामो समयसम टिक्नु भनेको फलामका चिउरा चपाउनुसरह हो । तर, सीतारामले हिम्मत नहारिकन उनी आफ्नो पढाइलाई दृढताका साथ अगाडि वढाउँदै सामाजिक सेवामा पनि उत्तिकै लागिरहे ।
यसरी करिब १६ वर्षसम्म काठमाडौंमा बस्दा उनले आफ्नो राम्रो प्रभाव बनाए । त्यसैले होला काठमाडौंमा बस्ने थारु समुदायको मात्र नभई सबैका सबैको विश्वासपात्र, डरिलो र आँटिलो युवाको रुपमा चिनिए ।

यसरी सबैको विश्वास पात्र बनेका सीताराम थारु आफूले गर्न लागेको केही योजना आफ्ना साथीहरुलाई सुनाए । तर त्यो योजना सफल बनाउनका लागि त्यतिधेरै रकम एकैचोटि जुटाउन नसक्ने भएकाले लामोसमय देखि बनाउँदै आएको सपना पूरा हुन सकेको थिएन । जब उनले आफ्नो योजना साथीहरु माझ सुनाएपछि उनलाई सबैले सहयोग गर्ने वाचा गरे ।
उही वाचासँगै उनले काठमाडौंको कीर्तिपुर बजारको पाँगामा ‘बरघर’ रेष्टुरेण्ट सञ्चालनमा ल्याए । आफूसँग भएको केही रकम र साथीहरुसँग केही सापटी लिएर करिब ७ लाख लगानीमा खोलिएको यो ‘बरघर रेष्टुरेण्ट’मा स्पेशल थारु परिकारहरु पाइन्छ । खासगरी पश्चिमका थारु समुदायमा परम्परागतदेखि खाँदै आएको घोङी, माछा, गंगटा, माछा, सुटही, ढिक्री, रोटी, सुंगुरको मासु, लोकल चल्लाको मासु, अन्डि चामलको भात, मकैको ड¥या भात, अन्डीको झोल, छब्वा जाँर, मौह्वाको रक्सीलगायतको व्यवस्था गरिएको बरघर रेष्टुरेण्ट सञ्चालक सीताराम थारुले जानकारी दिए ।अन्य होटेलहरुको परिकारहरुभन्दा निकै सस्तो र स्वादिलो भएकाले होला ग्राहकहरुलाई पु¥याउने समेत नसकिएको उनले बताए । ‘बरघर रेष्टुरेण्ट सञ्चालनमा ल्याएदेखि नै ग्राहकहरुको चाप बढेको बढ्यै छ,’ उनले भने, ‘ग्राहकले भनेबमोजिम सेवा दिन नसक्दा आफूहरुलाई अप्ठ्यारो लाग्छ ।’ ‘आफूले यसरी थारु परिकार खान आउने ग्राहकहरु आउनुहुन्छ भनेर सोचेको पनि थिएन । तर आफूले सोचको भन्दा तेब्बर ग्राहकहरु आउने गरेको सञ्चालक थारुले बताए।
‘थारु परिकारको स्वाद लिनका लागि थारु समुदायभन्दा बढी अन्य समुदाय आउने गरेको उनले बताए । ‘हाम्रो परिकारको स्वाद लिन नेवार, ब्रहमाण, क्षेत्रीहरु नै बढी आउने गर्नुहुन्छ, खासगरी घोङी, सुटही, ढिक्री र अन्डीको भात, झोल खान बढी आउनुहुन्छ,’ उनले भने ।‘स्पेशल थारु परिकार (घोङी, सुटही, ढिक्री र अन्डिको भात, झोल) प्याकेजमा २ सय ५०, र घोङी, ढिक्री मात्र खाने हो भने हो भने रु ६५ को दरले सेवा दिँदै आएका छौं,’ सञ्चालक थारुले भने, ‘थारु परिकारसँगै अन्य सेवाहरु पनि दिँदै आएका छौं ।’आफूहरुले ब्यवसायीमुखी भन्दा पनि थारु समुदायको पहिचान राख्नका निम्ती यो बरघर रेष्टुरेण्ट सञ्चालनमा ल्याएका थारुले बताए । ‘नेपालको राजधानीमा थारु समुदायको परम्परागत परिकारलाई चिनाउनका लागि र थारु समुदायको पहिचानलाई बचाउनमा केही मद्दत पुगोस् भनेर हामीले यो रेष्टुरेन्ट खोलेका हौं,’ उनले भने, ‘तैपनि अहिले बरघर रेष्टुरेण्टमा दैनिक २५ देखि ४० हजारसम्म व्यापार हुँदै आएको छ । दैनिक आम्दानी सरदर ७ हजारसम्म हुने गरेको छ ।’
‘साँच्चिकै पैसा कमाउने नै हो भने विदेश जानुपर्छ भन्ने छैन,’ उनले भने, ‘मान्छेको मन, इच्छाशक्ति भएपछि जुनसुकै ठाउँमा पनि राम्रो पैसा कमाउन सकिन्छ भन्ने आफूलाई यो रेष्टुरेण्ट सञ्चालन गर्दा अनुभव भयो ।’‘अब यो रेष्टुरेण्टलाई थारु हामेस्टेको रुपमा विकास गर्ने योजना बनाएको छु, थारुले भने, ‘केही महिनापछि बरघर होस्टेको रुपमा स्थापना गर्ने दृढता लिए ।’