मलेसियामा अज्ञात समुहले गरे मोहन कुमार राजवंशीको हत्या (Rip)

Wednesday, 25 April 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आर एन चौधरी थारु,,
अप्रिल २५ तारिख/बुधबार/मलेसिया:=मलेसियामा कार्यरत एक नेपालीको निर्मम हत्या भएको छ ।
नेपालको ठेगाना झापा जिल्ला कन्काई नगरपालिका वडा न. ६ घर भएका मोहन कुमार राजवंशीको मंगलबार राति हत्या भएको हो।

मलेसियाको राजधानी क्वालालम्पुर स्थित कोताराय भन्ने ठाउँमा रातीको समयमा अज्ञात समुहले वाटोमा राजवंशिलाई छुरा प्रहार गरेका थिए ।
कोतराया नजिकै रहेको रोयाल सेलाङ्गर क्लवमा सेक्युरिटी गार्डमा कार्यरत अन्दाजी ३२ बर्षिय मोहन कुमार राजवंशी सोमवार राती साथीहरु संग स्थानीय रेष्टुरेन्टमा साझ तिर खानपिनको क्रममा,मदिरा सेवन संगै,रमाइलो गरि रहेको बेला साथीहरु संग केही विवाद भएको झगडा परेको र करिब दुई बजे राति तिर संगै काम गर्ने साथीहरु संग रुम फर्किने क्रममा बाटोमा यहाँका स्थानीय अज्ञात समुहले छुराले आक्रमण गरेर (प्रहार गरेर)ह्त्या गरि भागेको उनि संगै रहेका साथीहरुको भनाइ रहेको छ।

मृतक राजवंशीको शव पोस्टमार्टमको लागि (General hospital kualalumpur)क्वालालम्पुर अस्पतालमा राखिएको छ । दुई वर्ष अघि रोजगारीमा आएका राजंवशि विवाहित हुन भने उनको घरमा आमा,बुवा,श्रीमति र एक छोरी रहेको वुझिएको छ । 
अहिले मृतकको शव पोसमार्टम भैरहेको र आवश्यक प्रकृया पुरा गरि निज काम गर्ने कम्पनी,कामदारहरु संग र नेपाली राजदूतावास संग समन्वय गरि शव नेपाल पठाईने त्यारी भैइरहेको उद्दारको लागी सहयोग गर्दै खटी रहेका लोचन विमलीर्ले टेलीफोन मार्फत जानकारी गराउनु भयो।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu