बारामा हावाहुरीको कारण २७ जना भन्दा बढीको मृत्यु , ४०० बढी घाइते ।( Rip )

Monday, 1 April 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
बारा := बारा र पर्सामा हावाहुरी र असिना–पानीको कारण ठूलो जनधनको क्षति भएको छ । आइतबार साँझ परेको मेघगर्जन र हावाहुरीसहित असिनापानीका कारण २७ जनाको मृत्यू भएको छ, भने ४ सय बढी संख्यामा घाइते भएका छन् ।
बारामा २६ जना र पर्सामा १ जना गरेर २७ जनाको मृत्यू भएको प्रहरीले जानकारी दिएको छ । अहिलेसम्म घाइतेहरुको एकिन भने गर्न नसकिएको प्रहरी प्रमुख सर्बेन्द्र खनालले जानकारी दिएका छन । तर संचारकर्मी र स्थानीयले दिएको सुचना अनुसार ४ सय बढी घाइते भएका छन् ।











घाइतेहरुले नारायणी अस्पताल भरिएको छ । त्यसैगरि जिल्लामा रहेका स्थानिय अस्पताल र स्वास्थ्य चाैकीमा समेत घाइतेको उपचार गरिएको छ ।बारा र पर्साका विभिन्न स्थानमा आएको हावाहुरीका कारण २५ जनाको मृत्यु भएको र ४ सयभन्दा बढी घाइते भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गरेका थिए ।

ज्यान गुमाउनेमा परशुरामपुरमा ४, फेटा पुरनियामा ९, गछियामा ५, धर्मनगरमा ४, टेकलकुवामा १ काे शव फेला परेकाे छ भने पर्सामा १ जनाकाे ज्यान गएकाे छ । ज्यान गुमाउने अधिकांश बालबालिका र बृद्वबृद्वा रहेका छन् ।
निधन हुने सबैमा हार्दिक श्रध्दाञ्जलि र शाेकाकुल परिवारमा गहिरो समवेदना । पिडीतकाे उद्दार र राहतमा अविलम्ब लाग्नु पर्ने देखिन्छ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu