राम अवतार चौधरी,,
कपिलवस्तु:= जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगरमा विहान ११ वजे देखि लागु हुने गरी कफ्र्यु आदेश जारी गरेको छ । कृष्णनगर बजार क्षेत्रमा लक्ष्मी पूजाको मुर्ती बिर्सजनको विषयमा स्थानियहरु बीच विवाद भएपछि झडप समेत भएको थियो । विवाद पछि गोली चल्दा एक जनाको ज्यान गएको छ । प्रहरीले चलाएको गोली लागेर स्थानिय सुरज कुमार पाण्डेको ज्यान गएको हो ।
वुधवार भएको उक्त झडप उग्र बनेपछी कफ्र्यु आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठले बताए । झडपमा परी केहि स्थानिय र प्रहरी घाइते समेत भएका छन् । विषय सामान्य भएभपनि विवाद उत्कर्षमा पुगेकोले अवस्था जटिल बनेको प्रहरीको वुझाई छ । प्रहरीले झडपलाई नियन्त्रण गर्न वुधवार मात्र ५० राउण्ड अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ ।