धनगढी:=गीत तथा संगीतकार मोहन दहित को ‘ उकरुङ्ग भुकरुङ्ग’ थारू गीत सार्वजनिक भएको छ । बिन्दास मिडिया युट्युव च्यानलबाट भर्खरै सार्वजनिक भएको गीतमा गायिका समिक्षा चाैधरी र गायक माेहन दहितकाे सुमधुर स्वर रहेको छ ।
यस गीतको रेकर्ड गायिका समिक्षा चौधरीको अवाज काठमाण्डौमा भएको हो भने गायक मोहन दहितको अवाज रेकर्ड दक्षिण कोरियामा भएको हो । गीतमा थारु र अंग्रेजी शब्दको प्रयोग भएको छ ।गीत सार्वजनिक भएसंगै श्रोताहरुले गीतकार तथा गायिका लगायत गीतको शब्दसंगीत बारे राम्रो प्रतिक्रिया सामाजिक सञ्जालम पोष्ट गरिरहेका छन् ।
गीतकार दहितको यसभन्दा अघि पनि आएको गीत तथा गीतमा छायांकन भएको म्युजिक भिडियो श्रोता तथा दर्शकहरुको मन जित्न सफल भएसंगै वाहवाही पाएको छ ।

