क्वालालम्पुर/मलेसिया:=नेपाली राजदुतावास मलेसियाले एक कर्मचारी लाई काम(जिम्मेवारी)बाट हटाएको छ।
दूतावासले बुधबार एक सूचना जारी गर्दै प्रविन प्रधान नाम गरेको दूतावासमा लामो समय देखि काम गर्दै आएका एक स्थानीय कर्मचारीलाई जिम्मेवारीबाट हटाएको हो ।प्रधान काठमाडौंस्थित उत्सव एच आर सोलुसन प्राली नामक म्यानपावर कम्पनीसँग ‘आबद्ध’ रहँदै आएको समाचारहरु विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित भएपछि दूतावासले राजदुतको सवारी चालक प्रधानलाई जिम्मेवारीबाट हटाएको हो ।

प्रविन काठमाडौंको गौशला स्थित उत्सव एचआर सोलुसन प्रालिको कार्यकारी निर्देशक रहेको खुल्न आएको छ। दूतावासका कार्यबाहक राजदुत कुमार राज खरेल संग पत्रकार सहकर्मी आर एन चौधरी थारुले गरेको प्रश्नमा , खरेलको भनाइ अनुसार प्रधान करिब ५ वर्षअघिदेखि दूतावासमा राजदूतको निजी सवारी चालकका रुपमा कार्यरत रहेका थिए तर दुई महिना अगाडि नै उहाँले राजिनामा बुझाउनु भएको थियो तर दूतावासले उहाँको काम गर्ने लगनशीलतालाई देखेर अझै थप काम गर्दा उचित होला कि भनेर राजीनामा स्वीकृत गरेको थिएन, तर काम भने दुई महिना पहिल्यै छोडी सक्नु भएको थियो।र प्रविन प्रधान कहिले देखि ?कुन म्यानपावर संग आबद्ध रहेर काम गर्नु हुन्थ्यो ? के गर्नु हुन्थ्यो त्यो बारे दूतावास अनबिज्ञ रहेको कुनै जानकारी नरहेको र न त कसैले उजुरी नै दिएको हो न त कसैले केही प्रुफ नै दूतावासमा पेस गरेका छ्न ,,दुई चार दिन यता विभिन्न सञ्चार माध्यमहरुमा समाचार प्रकाशित भए पछि हामी जानकार भएका हौ,उहाँको राजिनामा पनि दूतावासले आफ्नो स्वच्छ छविको ख्याल गर्दै स्वीकृत गरि सकेको र अब दूतावास भित्र कुनै कामकाजमा कुनै जिम्मेवारीमा नरहेको प्रष्ट पार्नु भयो।
त्यसै गरि सहकर्मी आर एन चौधरी थारुले नै दूतावास मलेसियाका कार्यवाहक राजदुत कुमार राज खरेलसंग मलेसियामा रहेका विभिन्न बहानामा पीडित भएका नेपाली श्रमिकहरुको अवस्था बारे छलफल गर्ने क्रममा केही प्रश्नहरु गरेका थिए,प्रस्तुत छ् खरेलसंग गरिएको प्रश्न र भनाइ जस्ताको त्यस्तै:-
प्रश्न :- अबैधानिक रूपमा स्वदेश फर्कन चाहने नेपालीहरु बिचौलियाहरुबाट ठगिने क्रम रोकिएको छैन, दैनिक जसो नेपाली ठ्गियको गुनासो आउछ यसलाइ रोक्न दूतावासले कस्तो प्रक्रिया चालेको छ वा चाल्ने छ ?
# यो ठगीको घटना रोक्नको लागी सबै भन्दा पहिला त अबैधानिक बन्न रोक्नु पर्छ ,यदि कम्पनी संग गरेको श्रम सम्झौता अनुसारको तलब दिएन ,कम्पनीले अनावश्यक दु:ख दियो ,त्यो खण्डमा पीडितले सिधै दूतावासलाई जानकारी गराउन सक्नु हुन्छ ,अहिलकोे प्राबिधिक युगमा विभिन्न साधनहरु छ्न ,,दूतावासमा सम्पर्क गर्नको लागी हटलाइन सेवा पनि सुचारु गरेका छौ।
बेला बेलामा यहाँ मलेसियाका विभिन्न शहरहरुमा गएर दूतावासका कर्मचारीहरुले नेपाली श्रमिकहरुको लागी सचेतना कार्यक्रमको आयोजना गर्ने गरेका छौ र फेरि यहि मैइ २७ तारिख आइतबारको दिन पाहाङ राज्यमा पर्ने ब्रिन्चाङमा श्रमिकहरुको लागी सचेतना कार्यक्रम आयोजना गर्दैछौ ।

प्रश्न :- यदि कोहि ब्यक्ति ठगिएको हु भनेर सबुत प्रमाण सहित दूतावासमा आएमा ठग्ने ब्यक्तिलाई दूतावासले कस्तो कारबाही गर्न सक्छ ?
# अब रहयो कुरा कार्वाहीको ! यो प्रश्नमा म के प्रष्ट पार्न चाहन्छु भने दूतावासले नेपालको तर्फबाट प्रतिनिधित्व गर्छौ ,दूतावास एउटा कुटनैतिक निकाय भएकोले मलेसिया सरकार संग समन्वय गर्छौ तर ! दूतावास न त पुलिस प्रशासन हो न त न्याय दिने अदालत , दूतावास सहि बाटो देखाउने एउटा माध्यम मात्र हो ।यदि कोहि कसैले ठग्ने काम गरि रहेको छ भने दूतावासमा आउनु भन्दा उपयुक्त उपाय भनेको सबुत प्रमाण सहित पुलिस चौकीमा गएर उजुरी दिनु राम्रो हुन्छ।

प्रश्न :- मलेसियामा विभिन्न कारणले नेपाली श्रमिकहरुको मृत्यु हुने गर्दछ ,ज्यान गुमाउने गरेका छ्न लगभग यो बर्ष २०१८ को जनवरी देखि मैइ महिना सम्ममा दूतावासको तथ्यांक अनुसार कति जना नेपालीहरुले ज्यान गुमाएका छ्न?
# मलेसियामा ज्यान गुमाउने नेपालीहरुको संख्या दिनानुदिन बढ्दो छ्न, क्रमशः कारण खुलाइ भन्नू पर्दा यो बर्ष २०१८ जनवरी देखि अहिले सम्म कम्पनीमा काम गर्ने क्रममा ४ ,बिरामी भएर कुनै रोगको कारण १७ , सडक दुर्घटनामा १०, आत्महत्यामा १४ त्यसै गरि विभिन्न कारण बंस ७९ जना गरि जम्मा १२४ जना नेपालीहरुले ज्यान गुमाएका छन।

प्रश्न :- विभिन्न फौजदारी अभियोग लागी मृत्युुदण्ड सजाय पाउन सक्ने र सजाय पाउनबाट दूतावासको सहयोगले बाच्न सफल कति नेपाली जेलबन्दीहरु छ्न नि ?
# मलेसियाको विभिन्न जेलमा फौजदारी अभियोग लागी मृत्युदण्डको सजय पाउन सक्ने र सजाय पाउनबाट दूतावासले जोगाउन सफल नेपालीहरु मध्य हाल ९ जना लाई सजायबाट जोगाउन हामी सफल भएका छौ र अझै मृत्युदण्डको फैसला सुनाइएका १५ जनाको मुद्दा बिचाराधिन रहेका छ्न र ती सबैमाथी लागेको अभियोगको अवस्था हेरि छुट्टाउनको लागी छलफल प्रक्रिया अगाडि बढाएका छौ ।

प्रश्न :- जादाजादै अन्तयमा कामको सिलसिलामा मलेसियामा रहेका नेपालीहरु लाई के भन्न चाहन्छु ?
# नेपाली राजदुतावास मलेसियाको तर्फबाट र आफ्नो ब्यक्तिगत तर्फबाट पनि नेपाली श्रमिकहरु लाई के जानकारी गराउन चाह्न्छु कि श्रमिकहरु आफै पनि सचेत हुनु र बस्नु तथापी केही समस्या परि आएको खण्डमा दूतावासले गर्न सक्ने सहयोग गर्नको लागी
हरदम त्यार रहन्छ र रहनेछ्न ।बेला बेलामा हामी सचेतना कार्यक्रमहरु सञ्चालन गर्छौ त्यस्ता कार्यक्रमहरुमा सहभागीता जनाइ चेतना अभिवृद्धि गर्नु र गराउनु ।