“बिद्यालयमा करेशाबारी स्थापनाले बालबालिकको शैक्षिक स्तरमा ब्यवहारिक कृषि सिकाई”

Friday, 25 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी,,
 बर्दिया :=गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा साझेदारी संस्था सोनाहा विकास समाजको सहयोगमा बर्दियाको मधुवन नगरपालिकामा अवस्थित श्री छिमेकी कृषि सहकारी संस्था लिमिटेडबाट सहकारी मार्फत सामुदायिक विकास परियोजना अन्तर्गतको विद्यालयमा करेशाबारी स्थापना तथा सहयोग कार्यक्रमबाट त्यस मधुवन नगरपालिका वार्ड नं. ७ मा अवस्थित श्री तारकेश्वर आधारभुत विद्यालयको २.५ कठ्ठा जग्गामा करेशाबारी स्थापना गरि त्यस विद्यालयमा अध्ययनरत  बालबालिकाहरुमा कृषि सम्बन्धि जानकारी तथा ब्यवहारिक शिक्षण सिकाई भइरहेको छ । 


बालबालिकाहरुलाई कक्षामा कृषि उपज तथा तरकारीबो किताबमा चित्र मात्रै देखाएर पठन पाठन गर्नु भन्दा ब्यवहारीक पठन पाठनमा सहयोग र सानै देखि बालबालिकाहरमा कृषि सम्बन्धि ज्ञान, सीप बढाउने उद्धेश्यले सहकारी मार्फत सामुदायिक विकास परियोजनाबाट विद्यालयमा करेशाबारी स्थापनामा सहयोग गरि बालबालिकाहरुको गुणस्तरिय शिक्षामा निकै राम्रो प्रयास भएको छ ।  

साथै विद्यालयमा उक्त करेशाबारीको थप हेरचाह र ब्यवस्थापनकोलागि आमा कृषक समुह पनि गठन भएको छ । करेशाबारीबाट हाल करेला, लौका, भिण्डी, बोडी, काँक्रा जस्ता तरकारी उत्पादन भइ रहेकोछ र सो तरकारी आमा समुहकाले खरिद बिक्री गरि आम्दानी तथा बचत गरीरहेका छन् । जसबाट विद्यालयमा अध्ध्यनरत बालबालिका र आमा समुहलाई पनि फाइदा पुगेको छ । यस करेशाबारीलाई निरनतरता दिने र अझ ब्यवस्थित तरिकाले बनाउने बिद्यालयको प्र.अ श्री ददीराम पौडेल ले जानकारी गराउनु भयो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu