कार्यपालिका सदस्य रामलाल गच्छदारको घरमा आगलागी

Saturday, 26 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
मोरङ:=मोरङको सुन्दरहरैचा -२, जोगियारेमा कार्यपालिका सदस्य रामलाल गच्छदारको घरमा आगलागी भएको छ।

छोरा, बुहारी र नाति सुतिरहेको घरमा बिहीबार राती १२ बजे आगलागी भएको हो। पुजाकोठाबाट सुरु भएको आगो छिमेकी राजो खवासले थाहा पाएपछी गुहार गुहार भन्दा समेत घरमा सुतिरहेको छोरा बुहारीले चाल पाएका थिएन्न। स्थानीय सुनिल खवासले ढोका ढकढक्याउँदा मात्र बुहारी पार्वती गच्छदारले थाहा पाएपछी श्रीमान लिलानाथ गच्छदार र छोरा निश्चल गच्छदारलाई सकुशल कोठाबाट निकालेका हुन।

पुजाकोठाको दियोबाट आगलागी हुनसक्ने अनुमान गरिएको छ भने आगो स्थानिय र सुन्दरहरैंचाको बारुण यन्त्रले नियन्त्रण लिएको र मानवीय क्षति नभएको गच्छदारले बताए। स्थानीय एक जुट भएपछि थप क्षति हुनबाट जोगियो भने काठ र टिन जलेको एक लाख बराबरको क्षति हुन सक्ने अनुमान गरिएको छ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu