गत मंसीर १६ गते विहान आफ्नै गाई फार्ममा मृत भेटिएका दिपक सुवेदी र दिपिका सुवेदी दम्पतीको हत्यामा संलग्न चार अभियुक्त पक्राउ गरि तिनजनालाई बारा प्रहरीले शुक्रबार सार्वजनीक गरेको हो।
पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका २ का रमेश थापा, गोपाल लामा, गुप्तबहादुर लामा र अर्जुन नेपाली रहेका छन् । शुक्रबार इलाका प्रहरी कार्यालय सिमरामा आयोजित पत्रकार सम्मेलनमा अभियुक्तहरु सावर्जनीक गर्दै बाराकी प्रहरी प्रमुख एसपी मिरा चौधरीले पक्राउ परेका मध्य थापाको योजनामा घटना भएको जानकारी दिइन् ।
सबैलाई बारा प्रहरीको टोलीले विहिबार राती पक्राउ गरेको एसपी चौधरीले बताईन् । पक्राउ परेका मध्य नेपालीलाई प्रहरीले चितवनबाट पक्राउ गरेको र अन्यलाई सिमराबाट पक्राउ गरिएको एसपी चौधरीको भनाई छ ।
नवलपरासीका नेपालीलाई भने प्रहरीले चितवनबाट शुक्रबार दिउसो पक्राउ गरेकाले पत्रकार सम्मेलनमा सार्वजनीक गर्न नसकिएको एसपी चौधरीले बताईन् ।‘विहिबार राती सिमराबाट पक्राउ परेकाहरुलाई जिल्ला अदालत बाराबाट सात दिनको म्याद थप गराई अनुसन्धान शुरु गरेका छौं, नेपालीलाई बारा ल्याएर आइतबार म्याद थप गरि सार्वजनीक गर्नेछौं’ उनले भनिन् ।

लागु औषधको नशामा हत्या :-
सुबेदी दम्पतीको हत्यामा संलग्न चारैजना लागु औषध प्रयोगकर्ता रहेको खुलेको छ । लागु औषध कारोबार र चोरीमा जेल सजाय समेत भोगिसकेका चारैजनाले लागु औषधको नशामा परेर सुवेदी दम्पतीको हत्या गरेको प्रहरीको भनाई छ ।
पक्राउ परेका मध्य थापा घटनाको मुख्य योजनाकार रहेको प्रहरी उपरिक्षक चौधरीको भनाई छ । लागु औषधको कुलतमा रहेका थापा र मृतक दिपक सुवेदी विच घटनाको केहि दिन अघि विवाद भएको र सोही विवादको प्रतिशोध साँध्न गएका उनिहरुविच झगडा हुँदा सुवेदी दम्पतीको हत्या भएको प्रहरीको भनाई छ ।

झगडाका क्रममा छड र हथौडाले हान्दा सुवेदीको मृत्यु भएको प्रहरीले बताएको छ । पक्राउ परेकाहरुले आफूहरुको संलग्नतामा घटना भएको स्विकार गरेको प्रहरीको भनाई छ ।
प्रहरीले विहिबार राती रमेश थापालाई जीतपुरसिमरा २ स्थित उनको घरबाट पक्राउ गरेपछि उसकै सूचनाका आधारमा अन्यलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक चौधरीले बताईन् ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।