असुरक्षा र बढ्दो हत्या हिंसा न्युनिकरण गर्न आफु नचुक्ने :- मीरा चौधरी

Tuesday, 15 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
बारा:=कमजोर सुरक्षा स्थिति र बढ्दो हत्या हिंसा न्युनिकरणका लागि आफु नचुक्ने बाराको प्रहरी उपरिक्षक मीरा चौधरीले बताएकी छिन् । केन्द्रीय अनुसन्धान व्यूरोबाट सरुवा भई बाराको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आएकी मीरा चौधरी चुस्तदुरुस्त सुरक्षा स्थिति हुने शनिबार पत्रकारसंगको भेटघाटको क्रममा बताएकी हुन ।
पछिल्लो समय बाराको सदरमुकाम लगायत जिल्ला भित्र हुने मोटरसाइकल तथा पसल चोरीको घटना, ६ महिना पहिला भएको सुवेदी दम्पतीको बजनी हत्याकाण्ड, पत्रकार विरेन्द्र हत्याकाण्ड,तस्करी लगायतको घटना बारे पत्रकारले प्रहरी प्रमुख चौधरीलाई जनकारी गराएका थिए ।
विगत ८ महिना भित्र २१ ओटा हत्याको घटना भएको तर अनुसन्धानको पाटो फितलो भएको भन्दै यसमा सुधार गर्न पत्रकारहरुले प्रहरी उपरिक्षक चौधरीसंग आग्रह गरेका हुन । त्यस्तै महिला सेल भित्र हुने राजनीतिलाई अन्त्य गर्नुपर्ने पत्रकारहरुको सुझाव रहेको थियो ।
पत्रकारहरुको सल्लाह र सुझाव प्रति गम्भिर भएर नियमसंगत रुपमा प्रहरी सेवा चुस्तदुरुस्त बनाउने कदापी नचुक्ने प्रहरी उपरिक्षक चौधरीले बताए । आफु महिला तथा बालबालिका कार्यालयमा समेत काम गरेको हुदाँ महिला सेल स्वतन्त्र हुने अठोट  व्यक्त  गरे । “अव जिल्ला भित्र अपराधहरुको छिनोफानो हुनेमा कसैले शंका नगरे हुन्छ, प्रहरी उपरिक्षक चौधरी भने“अब प्रहरीको सेवा नियमसंगत हुने छ, कुनै पहुचवालाको बलमा प्रहरीको न्याय पछाडी नपर्ने उनले बताए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu