प्रहरीले निजगढबाट चित्तलको मासु सहित एक जना पक्राउ गरेको छ ।निजगढ ४ कछडियाटोलबाट स्थानीय १८ वर्षिय हरिभगत धामीलाई ईलाका प्रहरी कार्यालय निजगढको टोलीले पक्राउ गरेको छ । आफ्नै घरमा जंगली जनावर चित्तलको मासु विक्रि गरिरहेको सुचनाका सुचना पाएपछि मासुसहित धामीलाई प्रहरी निरीक्षक दिपक कुमार रायले बताए ।
उनलाई प्रहरीले सवा दुई किलो चित्तलको मासु सहित धामीलाई नियन्त्रण लिएको प्रहरी निरीक्षक रायले बताए ।पक्राउ परेका धामीलाई आवश्यक कारवाहीका लागि सेक्टर वन कार्यालय तामागढी निजगढको जिम्मा लगाईएको छ । पक्राउ परेका धामीको विषयमा आवश्यक अनुसन्धान भईरहेको निजगढ ईलाका वन कार्यालयका प्रमुख धमेन्द्र साहले बताएका छन ।
कसुर ऐन अन्र्तगत चित्तल मारेमा २० देखि ५० हजारसम्म जरिवाना वा ६ महिनादेखि एक वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था रहेको प्रमुख साहले बताए ।

