मलेसियामा नवनियुक्त राजदुत उदयराज पाण्डेसंग अन्तरक्रिया तथा स्वागत कार्यक्रम गर्ने तयारी ।

Wednesday, 27 March 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आर एन चौधरी थारु,,
मलेसिया := नेपाली राजदुतावास मलेसियाका लागी केही समय अगाडि मात्रै राजदुतमा नियुक्त भैई मलेसिया आई कार्यभार सम्हालीरहेका नवनियुक्त राजदुत उदयराज पाण्डेलाई एक कार्यक्रमका बिच भब्य स्वागत गर्ने भएको छ। 

मलेसियामा रहेका नेपाली ब्यवसायी समाज लगायत विभिन्न समाजिक संघसंस्थाहरु जस्तैःनेपाल् आदिवासी जनजाती महासंघ , नेपाल् आदिवासी जनजाती पत्रकार महासंघ(फोनिज), सुदुर पश्चिमेली नेपाली समाज , गैर आवाशिय नेपाली सेतेरियो कराते संघ , भोजपुर सेवा समाज , दोलखा समाज , खोटाङ सेवा समाज , खप्तरी बस्नेत परिवार मलेसिया लगायतको संघसंस्थाहरु संगको संयुक्त सहकार्यमा यहीँ मार्च महिनाको ३१ तारिख आईतवारको दिन साझ ०६:०० बजे क्वालालम्पुरमा अवस्थित ग्राण्ड कन्टिनेन्टल होटेलमा एक भब्य कार्यक्रमको आयोजना गरि राजदुत पाण्डेलाई स्वागत गर्ने तयारी गरेको आयोजक संस्था मध्यकै नेपाल् आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)शाखा मलेसियाका अध्यक्ष सुनाखरी मगरले जानकारी गराए ।

फोनिजका अध्यक्ष मगरलाई उद्धत गर्दै मलेसियामा बिगत लामो समय देखी रेष्टुरेन्ट ब्यवसायमा सक्रिय नेपाली ब्यवसायी बिपिन राईले बोल्दै सो कार्यक्रममा राजदुत पाण्डेलाई स्वागत गर्ने संगसंगै मलेसियामा कार्यरत पीडित नेपाली मजदुरहरुको उद्दार गर्नको निम्ती  दूतावास संग कसरी सहयोग लिने ?अथवा सहकार्य गर्ने भन्ने बारे पनि संघसंस्थाको अगुवाहरुसंगै राजदुतसंग बृहत् छलफल,अन्तरक्रिया समेत गर्ने राईले बताए।

मलेरियामा रहेका राजनीतिक दलहरु (पार्टी) बाहेकको अन्य समाजिक संघसंस्थाहरुले समेत आउदो आईतवार आयोजना हुन लागेको उक्त कार्यक्रममा सहकार्य गर्न सक्ने,मिल्ने राईको भनाई रहेको छ ।साथै उक्त स्वागत कार्यक्रममा विभिन्न जातजातिको साँस्कृतिक झाकी नाचगान समेत प्रदर्शन गर्ने तयारी आयोजकको रहेको छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu