इटहरी:=त्रिदेशीय महत्वको जोगमनी किमाथांका जोडने रानी विराटनगर इटहरी धरान सडक आयोजना विस्तारमा इटहरी उपमहानगरपालिकाले अवरोध नगर्ने बताएको छ । केही समय अघि उपमहानगरपालिकाले पत्र नै पठाएर इटहरीको मुख्य चौकमा १५।१५ मिटर भित्र मात्र सडक विस्तार गर्न भन्दै पत्र पठाएपछि विवाद भएको थियो । इटहरी एफएमसँग कुराकानी गर्दै इटहरी उपमहानगरपालिका मेयर दवारिकलाल चौधरीले सडक विस्तार आयोजनामा अवरोध नहुने बताएका छन ।
इटहरी एफ.एमको साप्ताहिक कार्यक्रम सम्बृद्ध इटहरीमा कुराकानी गर्दै मेयर चौधरीले सरकारले निर्धारण गरेको मापदण्ड अनुसार नै सडक विस्तार गरिने पनि स्पष्ट पारेका छन । मुख्य चौक क्षेत्रका ठुला व्यापारीको दवावमा परेर रानी विराटनगर इटहरी धरान सडक आयोजनामा पत्र पठाएरै १५ मिटर भन्दा बढि भत्काउन रोक लगाएको भनी समाचारहरु आएका थिए । बाहिर समाचारमा आए जस्तो नभएको भन्दै मेयर चौधरीले ६ लेन सडक विस्तारमा सरकारी मापदण्ड भन्दा तलमाथी नगरिने पनि स्पष्ट पारेका छन । मेयर चौधरीले भने ‘सडक निर्माणमा रोक्न भनेर उपमहानगरपालिकाले कहिल्यै नभनेको, कार्यपालिकाको बैठकले पनि निर्णय गरेको छैन ।’
उनीसँग गरिएको कुराकानी तपाईले तलको लिंकमा क्लिक गरेर विस्तृत अन्र्तवार्ता सुन्न सक्नुहुन्छ ।
लिंक:-
लिंक:-

