रौतहटमा १२ बर्षिया बालकको अपहरण गरि हत्या

Monday, 11 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

रौतहट := रौतहटमा शनिबार रातिबाट अपहरणमा परेका बालकको हत्या भएको छ। स्थानीय कटहरीया नगरपालिका–९ डुमरियाका चिकित्सक दिलिप साहको १२ वर्षीया छोरा शनिदेवल भन्ने युवराज साहको अपहरणकारीले गोली प्रहार गरी हत्या गरेका छन्।

अपहरणकारीले बालकको परिवारसँग एक करोड फिरौती माग गरेको र उक्त रकम दिन नसक्दा हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ।
हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। अपहरण लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक मनोज यादव र इलाका प्रहरी कार्यालय गरुडाबाट चर्तुभुज ओझाको नेतृत्वमा परिचालित प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मृतक बालककै गाउँ कटहरीया–९ डुमरियाका १९ वर्षीया शक्तिराय यादव, २० वर्षीया प्रविन राय यादव, २० वर्षीया सुनिल कुमार यादव र बृन्दावन नगरपालिका आखरपाथरका १८ वर्षीया विनोद कुमार पटेल, २० वर्षीया रवि कुमार पटेल रहेका छन्।
बालकलाई घरबाट १५ किलोमिटर पर गढीमाई नगरपालिका– ५ बागमती किनारमा लगि गोली प्रहार गरी हत्या गरेको प्रहरी निरीक्षक यादवले बताए। उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए। शनिबार राति आफ्नै घरमा सुतिरहेको बेला १ बजेको समयमा बालक अपहरणमा परेका थिए।:-@नागरिकन्युज

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu