शपथग्रहणका लागि रेशम चौधरी सिंहदरबार पुगे

Thursday, 3 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सहदेव चौधरी/देशसञ्चार,,

( शपथग्रहणका लागि सिंहदरबार पुगेका चौधरी। तस्बिरः बर्षा शाह )

काठमाडौँ:= कैलालीको क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभाका लागि निर्वाचित रेशम चौधरी डिल्‍लीबजार कारागारबाट सिंहदरवार आइपुगेका छन्।

ढाकाटोपी र चस्मा लगाएका चौधरी शपथका लागि सिंहदरबा आइपुगेका हुन। उनलाई संसदका कर्मचारीहरुले सपथस्थलमा पुर्याएका थिए।

बिहीबार नै सभामुखको कार्यकक्ष सिंहदरबारमा सांसद पदको शपथ लिने कार्यक्रम छ। उनलाई सभामुख कृष्णबहादुर महराले शपथ गराउने तयारी छ ।

बिहान साढे ११ बजेका लागि तय भएको कार्यक्रम दिउँसोका लागि सारिएको हो। चौधरी राष्ट्रिय जनता पार्टीको तर्फबाट कैलालीबाट ३४ हजार बढी मत प्राप्त गरि निर्वाचित भएका थिए।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu