लेखक:=अनिस तामाङ,,
केही दिन अगाडि नायिका श्वेता खड्काले रवि लामिछाने अपराधी हुन्, उनलाई खुल्लमचमा लगेर फाँसी दिनुपर्छ भन्ने शिर्षकमा व्यंग्यात्मक लेख लेख्नुभएको थियो । नायिका खड्काले लेख्नुभएको लेखको पूर्ण अंश नपढीकनै लामिछानेका समर्थक भनिनेहरुले नायिका खड्कालाई अश्लिल शब्दमा सामाजिक सञ्जालमा फेसबुकमा गाली मात्रै गरेनन्, श्रद्धाञ्जली दिन समेभ भ्याए । नायिका खड्काको लेखको शीर्षक पढेर प्रतिक्रिया दिनेहरुले मैले लेख्दै गरेको रवि लामिछाने भगवान हुन, भगवानसँग नागरिकता माग्नेहरु राक्षस् हुन् शीर्षकको लेखमा सकारात्मक कमेन्ट पाउने अपेक्षा छ । त्यति मात्रै होइन गाली गर्दै श्रद्धान्त्री दिए पनि कम्तिमा लामिछानेका समर्थक भनिनेले मेरो लेखको पूर्ण अंश पढ्नेमा म विश्वस्त छु ।
केही दिन अगाडि नायिका श्वेता खड्काले रवि लामिछाने अपराधी हुन्, उनलाई खुल्लमचमा लगेर फाँसी दिनुपर्छ भन्ने शिर्षकमा व्यंग्यात्मक लेख लेख्नुभएको थियो । नायिका खड्काले लेख्नुभएको लेखको पूर्ण अंश नपढीकनै लामिछानेका समर्थक भनिनेहरुले नायिका खड्कालाई अश्लिल शब्दमा सामाजिक सञ्जालमा फेसबुकमा गाली मात्रै गरेनन्, श्रद्धाञ्जली दिन समेभ भ्याए । नायिका खड्काको लेखको शीर्षक पढेर प्रतिक्रिया दिनेहरुले मैले लेख्दै गरेको रवि लामिछाने भगवान हुन, भगवानसँग नागरिकता माग्नेहरु राक्षस् हुन् शीर्षकको लेखमा सकारात्मक कमेन्ट पाउने अपेक्षा छ । त्यति मात्रै होइन गाली गर्दै श्रद्धान्त्री दिए पनि कम्तिमा लामिछानेका समर्थक भनिनेले मेरो लेखको पूर्ण अंश पढ्नेमा म विश्वस्त छु ।
पछिल्लो समय बढ्दै गएका सामाजिक सञ्जालको दुरुपयोगलाई हेर्ने हो भने अहिलेको युवा जमातमा अध्ययन कम र अनावश्यक भकभक बढी भएका कुरा सत्य हो । अहिलेका सामाजिक सञ्जालका प्रयोगकर्ताहरु असामाजिक हुँदा पछिल्लो चरण आफ्नो इच्छाभन्दा बाहिरका विचार आउँदा जिउँदै श्रद्धाञ्जली दिनेहरुको संख्याले बढोत्तरी पाइरहेको हामीले देखेका छौँ भोगका छौँ । सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछानेका सन्दर्भमा पनि जिउँदै श्रद्धान्जली दिने कुराले निरन्तरता पायो नै, अश्लिल गाली गलौजको त कुरै नगरौँ । लामिछाने काण्डले आफुलाई समाजका बौद्धिक वर्गका ठेकेदार सम्झिनेहरुले नै यस्तो असामाजिक काम बढी गर्ने गरेको हामीले देख्यौँ ।
अहिले जोकोहीले रबि लामिछानेको थोरै आलोचना गर्ने बित्तिकै ज्यान मार्ने धम्किदेखि फेसबुक टुइटरमा गालीको बर्षात नै हुन्छ । हुन त एउटा अराजक पत्रकारिताले जन्माउने भनेको अराजक भक्तजन नै हुन्,त्यसकारण उनका बारेमा आलोचना गर्दा अनावश्यक गाली गर्नेहरुको बारेमा धेरै केही लेख्नु आवश्यक ठानेको छैन । म तपाईहरुसँग एउटा घटनाको वास्तविकता साट्न चाहन्छु । भारतमा अपराधसँग सम्बन्धित एउटा चर्चित कार्यक्रम थियो । कार्यक्रम प्रस्तोताको नाम मलाई ठ्याक्कै याद भएन । भारतीय प्रशासनले कारबाही गर्न नसकेको अपराधीहरुको विषयमा ती पत्रकारले पर्दाफास गर्थे । कारबाहीको भागीदार बनाउँथे । ती कार्यक्रम प्रस्तोताको विषयमा कोही कसैले विरोध गरेको खण्डमा जनता सडकमा निस्किन्थे । उनको विरोध गर्ने जोकोही असुरक्षित हुन्थे । अर्थात जनता ती कार्यक्रम प्रस्तोताको पक्षमा थिए । तर, एकदिन यस्तो समय आयो, कि ती कार्यक्रम प्रस्तोता आफैँ विभिन्न अपराधमा संलग्न अपराधी रहेको पुष्टि भयो । यतिसम्म कि १५ वर्षपछि ती पत्रकार आफैँले आफ्नो श्रीमतीको हत्या गरेको पुष्टि भयो।
विश्वमा यस्ता उदाहरणहरु धेरै छन् । राज्यभित्र द्वन्द सिर्जना गराउनेदेखि मित्र राष्ट्रहरुसँगको कुटनैतिक सम्बन्ध धरापमा पार्नेसम्मको काम कलमजीविहरुले गरेको उदाहरण प्रशस्तै भेटिन्छ । मैले भन्न खोजेको के मात्रै हो भने हामी कुनै पनि कुरामा आवश्यकता भन्दा धेरै भक्त हुँदा पनि चिज बिग्रिन सक्छ त्यसैले बास्तबिकता बुझेर मात्रै भक्त हुनु राम्रो हुन्छ ।
कुनै पनि व्यक्तिको सकारात्मक र नकारात्मक पाटो हुन्छन् । सधैं राम्रो काम गर्नेको नराम्रो काम गर्दैन भन्ने पनि हुँदैन । यदि हामीले त्यस्तो ठान्यौँ भने हामी गलत छौँ । फेरि सधैं नराम्रो मात्रै काम गर्नेले राम्रो गर्दैन भन्नु पनि गलत हुन जान्छ । कतिपय सानोतिनो कुराहरुलाई कुल्चिएर सकारात्मक कुरामा प्रोत्साहन गर्नु राम्रो नै हुन्छ तर पत्रकार रबि लामिछानेको नागरिकता सम्बन्धिको बहस सानो विषय हुँदै होइन । यति धेरै पेचिलो विषयलाई हामीले सानो सम्झिनु हुँदैन । कतिपय साथीहरूले जाबो नागरिकताको कुराले किन विवाद गर्नु भन्ने जस्तो तर्क प्रस्तुत गरेको पनि हामीले पायौँ । यि सबै कुरा राष्ट्रियताको महत्व नबुझ्ने र राष्ट्रप्रति गर्ब नगर्नेहरुले भन्ने कुरा हो । भलै देश गरिब होला, नेताहरु गलत होलान्, देशको सिस्टम खराब होला तर पनि राष्ट्र भनेको राष्ट्र हो । आधा पेट खाएर जिन्दगी जिउन किन नपरोस् छाती पिटेर नेपाली हुँ भनेर गर्व त गर्छौं नि हामी।
रवि लामिछानेलाई सबैले राम्रै भन्छन म नि उहाँको परिणाममुखि कामलाई सम्मान नै गर्छु । तर उहाँको काम प्रति सकारात्मक छु भन्दैमा के उहाँको विषयमा कसैले बोल्नै नहुने हो त ? उहाँको गल्तीका बारेमा केही बोल्नै नहुने हो त ? आजको सर्वाधिक महत्वको प्रश्नको रुपमा यो प्रश्न उभिएको छ ।
केही महिना अगाडि पत्रकार दिल निशानी मगरले रबि लामिछानेसँग नेपाली नागरिकता नभएको खुलासा गर्दा सबैले मगरलाई अश्लिल गाली गर्नेदेखि श्रद्धान्जली दिनेसम्मको काम गरे । रबि आफैँले पनि आफ्नो टेलिभिजनको पर्दाबाट आफुसँग नेपाली नागरिकता नभएको कुरा स्वीकारे । तर, त्यतिबेला उनले मगर प्रति दिएको अभिव्यक्ति सकारात्मक थिएन । एउटा राष्ट्रिय टेलिभिजन मार्फत गणतन्त्रको लागि लडेको योद्धाहरु प्रति पुरै पुर्वाग्रह भएर बोलेको रविको त्यो अभिव्यक्ति गैरजिम्मेवारीपनाको उच्च पराष्ठा मात्रै थिएन, आपत्तिजनक पनि थियो ।
त्यस्तै अर्का बरिष्ठ पत्रकार तथा कलाकार दिनेश डिसिले पनि केही दिन अगाडि रबि लामिछानेको प्रशंसा गर्दै केही सुधार गर्नु पर्ने पक्षहरु औल्याए । तर, डिसिको विपक्षमा त्यतिबेला पनि रविका समर्थक भनिनेहरु उर्लिए । फेसबुकमा तथानामा लेख्दै गाली गरे । त्यतिबेला पनि रबिले उनका समर्थकलाई उत्तेजित बनाउन गरी टेलिभिजनबाट त्यसको जवाफ पेश गरिरहे ।
डिसिले रबिले काम राम्रै गरिरहेका छन, कुनै बेलासँगै काम गरेको साथी हो, तर बेला बेला उहाँ आफैँ प्रहरी, आफैँ न्यायाधीश जस्तो पनि बन्न खोज्नुहुन्छ, यसमा सुधानुपर्ने देखिन्छ भनेर सुझाव दिनु के गलत थियो ? के डिसीले ठुलै अपराधिक शब्द बोलेका थिए ? आज यी अनुत्तरित प्रश्न धेरैको मनमा खडा भएको हुनुपर्छ ।
डिसिले रबिले काम राम्रै गरिरहेका छन, कुनै बेलासँगै काम गरेको साथी हो, तर बेला बेला उहाँ आफैँ प्रहरी, आफैँ न्यायाधीश जस्तो पनि बन्न खोज्नुहुन्छ, यसमा सुधानुपर्ने देखिन्छ भनेर सुझाव दिनु के गलत थियो ? के डिसीले ठुलै अपराधिक शब्द बोलेका थिए ? आज यी अनुत्तरित प्रश्न धेरैको मनमा खडा भएको हुनुपर्छ ।
त्यसो भए के रबि भगवान हुन्, ? कुनै गल्ती नबोल्ने गल्ती नगर्ने अनि उनको विपक्षमा बोल्ने सबै राक्षस नै हुन त ? उनका पक्षमा बोलिरहेका बौद्धिक युवा जमातले आज यो प्रश्नको उत्तर दिनैपर्छ, यो विषयको मूल्याकंन गर्नैपर्छ ।
पत्रकारले विषय बस्तुको उठ्ठान गर्ने हो, को अपराधी, को निर्दोष छुट्याउने होइन । रबि लामिछानेले धेरै जटिल जटिल विषय बस्तुहरु उठ्ठान गर्छन् यसलाई सबैले स्वीकारेका छन् नै ती विषयबस्तु राज्यसम्म पुर्याउने र निरन्तर फलोअप गरेर राज्यलाई सचेत गराउने काममा पनि उनी लागेकै छन्, तर पत्रकार आफैँले यो चोर हो यो फटाह हो यो दलाल हो भनेर राष्ट्रिय टेलिभिजन मार्फत फैसला गर्नु कतिको सही हो ? रवि लामिछाने आफैँले आफैँसँग यसको जवाफ माग्ने बेला आएको छ । कहिले भुतको रिपोर्टिङ गरेर जनतालाई त्रसित बनाउने, कहिले उडिउडि लातिले हान्छु भन्ने, कहिले विना प्रमाण विदेश संघसंस्थाहरुले हुन्डि गर्छ भन्ने । यस्ता धेरै गैरजिम्मेवार काम पनि त रविबाट भएको हो नि ।
विशेषगरी अलपत्रमा परेका चेलीहरुको उद्धारमा रविले देखाएको सक्रियता प्रशंसायोग्य छ । त्यसले आम जनतालाई रविप्रति सकारात्मक धारणाका विकास पनि गराएको छ । तर वास्तवमा कतिपय विदेशबाट उद्धार गरेका चेलीहरु सम्बन्धित देशका संघसंस्थाहरुले नै उद्धार गरेको हो भन्दा सायद कसैले नपत्याउला । किनकी रविले आफ्नो टेलिभिजनबाट सबै जस आफूले लिने गरी बारम्बार बोलेकै छन् । रबि लामिछानेले चेलीहरु उद्धार गर्ने सवालमा प्रायः आङकामी शेर्पा र एनआरएन लगायतका प्रवासी संघसंस्थाहरुको प्रत्यक्ष रुपमा सहयोग गरेका छन् । तर हालसम्म रविले उनीहरुले नाम लिएका छैनन, बरु हुन्डिमा एनआरएन संलग्नता रहेको भनेर विना तथ्य हचुवामा बोलिदिएका छन् ।
केही महिना अघि युएईमा अष्टमि गुरुङको सवालमा पनि रबि लामिछाने युएई सरकारलाई कानुन सिकाउन यहाँ आउनु भएको थियो । युएईबाट अनुमतिबिना नै टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरेको कुरा यहाँको प्रशासनले थाहा पाएर खोजीनिति गरेपछि रबि लामिछाने रातारात नेपाल भाग्नुपर्यो । युएईमा रबिलाई भगवान मान्ने केही पत्रकारहरु समेत युएईमै बसेर यहाँको प्रशासनको डरले ट्राभलिङ टु नेपाल भनेर फेसबुकमा फेक स्टाटस लेख्नु परेको हामीलाई राम्रोसँग थाहा छ ।
त्यस्तै अर्को उदाहरण ३,४ महिना पहिले इराकबाट केही चेलीहरुलाई उद्धार गरियो । उक्त उद्धारमा पनि आङकामी शेर्पा, नविन खड्का, धावा घिसिङ र जन प्रगतिशील मञ्चले महिनौं सम्म फलोअप गरेर हजारौं डलर खर्च गरेर ति चेलीहरुलाई उद्धार गरियो तर अन्तमा अलपत्र परेका चेलीहरुलाई एयरपोर्टमा पिकअप गर्न रबि लामिछाने क्यामेरा बोकेर मैले उद्धार गरेको भन्न गए । त्यसको ठिक भोली पल्ट धावा घिसिङ र नविन खड्काले काम गर्ने कालु मकै खाने भालु भनेर रबि लामिछानेको फेसबुक लाइभ मार्फत विरोध गरेको कुरा ताजै छ।
यो कुरा नि सत्य हो कि कुनै पनि अलपत्र परेको नेपालीहरुको उद्धार सम्बन्धित देशको नेपाली दूतावास वा संघसंस्था र त्यहाँको सामाजिक अभियान्तको सहयोग विना कसैले गर्न सक्दैन । नेपालीहरु उद्धारका लागि रविले सबै देशहरुमा उद्धार टोली बनाएर राखेको त पक्कै छैन होला । हैन भने राष्ट्रिय टेलिभिजनमा बोल्दा सामुहिक गरेको काममा मैले उद्धार गरेको हुँ भनेर किन भन्ने ? अरु संस्था र सामाजिक अभियन्ताहरुको नाम उच्चारण गर्न किन कन्जुस्याइँ ? राष्ट्रिय टेलिभिजन मार्फत फुक्ने बित्तिकै रातारात उद्धार त हुने हैन नि ? सामाजिक कामलाई एकलौटी गरेको देखाएर हिरोगिरी देखाएको त हामी सजिलै बुझ्छौ । धेरैजसो मान्छेहरुमा फेसबुकमा सकारात्मक कमेन्ट खाएर लठ्ठा हुने गरि मात्ने रोग हुन्छ । सत्य बोलेर विवादित बन्नु भन्दा झुटो तारिफ गरेर सबैको वाह वाहको पात्रा बन्ने होडबाजी धेरैको हुन्छ । यसमा पत्रकार, बुद्धिजीवी कलाकार देखि राजनीतिकर्मि सम्मको बौद्धिक जमात छन् । हामीले राम्रोलाई राम्रो भन्ने हो, नराम्रोलाई नराम्रो नै कसैलाई देवत्वकरण गर्न त्यति जरुरत छैन ।
जब देशमा द्वन्द चर्किरहेका थिए, नेपाल आमा वेदनाले छट्पटाइ रहेका थिए । हजारौं हजार जनताको छोराछोरीहरु निरंकुश राजतन्त्रको विरुद्ध लडिरहेका थिए। देश अस्तव्यस्त थियो । को कहाँ पुगेर कतिबेला ढल्ने हो केही थाहा थिएन । दीपवालीको रातहरुमा कान फुट्ने गरी बम पड्केको अवाजहरु सुनिन्थ्यो । त्यतिबेला देश छोडेर भाग्नेहरुको ठुलै भिड थियो जसमा रबि लामिछाने पनि एक पात्र हुन् । हिजो नेपालमा केही सम्भावनाहरु नदेखेपछि नेपाली भन्नुमा घृणा जागेर आयो अनि नेपाली नागरिकता त्यागे आफ्नो पुर्खाको अस्तित्व पैसासँग साटिए अमेरिकाको नागरिक बने । जनताको छोराछोरीहरु दश वर्षसम्म जंगलमा एक मुठी चिउरा र पानीको भरमा युद्ध लड्दै गर्दा लामिछानेहरु अमेरिकामा ब्रान्ड ब्रान्डको ह्विस्की र रक्सी संग अमेरिकन नागरिक भएकोमा उत्सब मनाइरहेका थिए ।
जब हजारौंको बलिदान, लाखौंको त्याग तपस्याले निरंकुश राजतन्त्र फालेर संघीय गणतन्त्र स्थापना गरियो अनि पुनः नेपालमा सिस्टम र न्यायलय माथि धारे हात लगाउन लामिछानेहरु नेपाल आए । जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका संघर्षका यात्रा समाप्तसँगै संविधान निर्माण, स्थानीय सरकारहरुको निर्माण हुँदै राष्ट्र समृद्धिको बाटो तर्फ जाँदै गर्दा लामिछानेहरुको यो सक्रियताको विषयमा गहिरिएर मनन् गर्नै पर्छ । जनता भावुक जाति हुन। दुईचार शब्दको मन्त्रले दिमाग घुम्नु स्वाभाविकै हो । यहाँ बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भन्ने कुरा बास्तबिकता हो ।
हिजो युद्धकाल देखि आँधीबेरि, दिनरात केही नभनि वर्षौ सम्म कलम र थोत्रे कालो झोला बोकेर स्वतन्त्र कलम चलाउने पत्रकारहरुलाई रबिहरुले पत्रकारिता सिकाउँछन् । अरुलाई न्याय र कानुनको कुरा गर्छ तर आफुले पनि त्यो कानुनको पालना गर्नुपर्छ भन्ने कुरा बिर्सिन्छ । कसैले रविप्रति केही प्रश्न उठायो भने रबि टेलिभिजनबाट चिच्याउछ अरु सामाजिक सञ्जाललमार्फत । यस्ता प्रवृत्ति देख्दा लाग्छ रवि मान्छे होइन, उ भगवान हो, भगवान विरुद्ध कसैले बोल्नु अपराध नै हो । कसैको प्रशंसा गरे खुशि हुने कसैले आलोचना सहितको सुझाव दिने बित्तिकै तिनि प्रति आक्रोश व्यक्त गर्ने चेतवानी दिने ? यतिसम्म कि रवि विरुद्ध बोल्नेलाई ज्यान मार्नेसम्मको धम्की आउने गरेको छ । कदम कथाचित कुनै दिन यस्तो घट्ना घटेको खण्डमा यसको जिम्मेवार रबिले लिने कि नलिने ? रविसामु यो प्रश्न जरुरत उठ्छ उठ्छ ।
मेरो लेख पढिसकेपछि मेरा विरुद्ध अनेकथरी टिप्पणी हुन्छ भन्ने मलाई थाहा छ, तर सत्य कुरा ओकल्नैपर्छ । म फेरि भन्छु, रबिले उठाउन खोजेको विषय बस्तु जायज छन् यसलाई म सम्मान गर्छु तर रबि मात्रै सबै चिज हो उनले नेपालमा जे गर्दा नि हुन्छ, रविले त कानुन पनि मान्नु पर्दैन, भन्ने कुरामा म सहमत छैन । विधिको शासन भएको मुलुकमा सबैले कानुनको सम्मान गर्नु पर्छ । हिजो सारा जनतामाथि शासन गर्ने पुर्वाराजा ज्ञानेन्द्र शाहले त कानुनलाई सम्मान गर्दै अगाडि बढेको छ भने रबि त पत्रकार हुन् । पत्रकारले सबैलाई कानुनको बाटोमा हिडाउन प्रेरित गर्नु पर्छ । सल्लाह सुझावप्रति आक्रोश होइन, आफ्नो कमजोरीहरुलाई प्रति गहिरो मनन् गर्नु पर्छ । अन्तिममा रवि लामिछाने पुनः नेपाली भएको देख्न पाउँ, यही छ कामना ।