कर्फ्यु लगाएर थारुको घर पसल लुट्ने प्रशासन अनि चोरी डकैती मुद्दा लाग्ने हामीलाई ?:- लक्ष्मण थारु

Wednesday, 13 March 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
(source:- थारुवान ड्टकम,,)
कैलाली := जेलबाट रिहाई भएपछि थरुहट नेता लक्ष्मण थारु टीकापुर घटनामा जन्मकैद सजाय सुनाइएका पीडित परिवारसँग भेटघाट गरेका छन्। टीकापुर क्षेत्रका नवलपुर, लटकनिया, थारापुरलगायतका गाउँमा पुगी उनले जन्मकैद पाएकाहरुलाई जसरी पनि रिहाई गराइछाड्ने प्रतिबद्धता जनाए।

‘उच्च अदालतमा जाने प्रक्रिया सुरु भइसकेको छ। त्यहाँ पनि भए सर्वोच्चमा पनि जान्छौं। निर्दोष थारुहरुलाई राज्य सफाइ दिनैपर्छ,’ पीडित परिमाझ लक्ष्मण थारुले भने। जन्मकैद सजाय पाएका ११ जनाकै परिवारको आधारभूत आवश्यकताहरुको जिम्मेवारी आफूहरुको भएको उनले बताएका थिए।
थारु कल्याणकारिणी सभाका पदाधिकारी पुगेका लक्ष्मण थारुले टीकापुरमा सञ्चारकर्मीसँग साक्षत्कारसमेत गरेका थिए। उनले कर्फ्यु लगाएर थारुहरुको घर, पसल छानी छानी जलाएको र घरभित्रका सबै सामानहरु लुटेको आरोप लगाए। ‘टीकापुर घटना अप्रत्यासित घटेको घटना हो। त्यो पूर्वनिर्धारित घटना होइन। तर राज्यले कर्फ्यु लगाएर थारुको घर, पसलमा आगजनी गरेको छ। सामानहरु लुटेका छन्। तर सम्मानित अदालतले उल्टै हामीहरुलाई चोरी डकैतीको मुद्दामा सजाय फैसला सुनाएको छ। यसले हामी निकै अमानित महसुस गरेका छौं। हामीमाथि दमन भएको महसुस गरेका छौं,’ उनले भने।



उनले थारुहरुले पहिचार र अधिकारको लडाइँ लगेको बताउँदै कुनै व्यक्ति र समुदाय लक्षित आन्दोलन नभएको स्पष्ट पारेका थिए। लक्ष्मण थारुले टीकापुर घटनाबारे सरकारले बनाएको विभिन्न समितिहरुको प्रतिवेदन सार्वजनिक गर्न मागसमेत गरे। ‘सरकारले अनुसन्धान गरेको कुन प्रतिवेदनमा थारुहरु दोषी छन् भनी उल्लेख भएको छ? निर्दोष थारुहरुलाई जबरजस्ती अपराधी बनाउन पाइन्छ? सरकारले छिट्टै ती प्रतिवेदनहरु सार्जनिक गरियोस्,’ उनले भने।
कार्यक्रममा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रामजनम चौधरीले पनि थारुहरुमाथि अन्याय भएको बताए। उनले थारुहरुसँग आन्दोलनको विकल्प नभएको बताएपनि संयमित भएर अगाडि बढ्नुपर्ने बताए।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu