गजल,,
कहिले नआए हुन्थ्यो भन्दा पनि आइदिन्छ
मेरो मनमा तिम्रो याद छाल बनि आइदिन्छ
एकोहोरो हराएकी हुन्छु आफ्नै दुनियाँमा
पुरानो सिरानी सम्झिन्छु अनि आइदिन्छ
सुनामी जस्तो भनौं या भनौं तुफान जस्तो
दिनरात केहि भन्दै पनि नभनि आइदिन्छ
लाग्छ हरताल हुँदैछ मुटु टुक्र्याउने विषयमा
मसाल बालेर तिम्रो याद दनदनी आइदिन्छ
जसलाई म मेरो मन बाट हटाउन खोज्छु
उहीँ मान्छे बोकेर मनमा मोहनी आइदिन्छ
(गीता अधिकारी)
