कैलालीको थारु होमस्टे गाउँ भादा सहित सरकारले छान्यो सय नयाँ पर्यटकीय गन्तव्य

Sunday, 4 November 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

राम बहादुर चौधरी,,

धनगढी:= सरकारले ओझेलमा परेका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ सयवटा पर्यटकीय गन्तब्यहरु छनोट गरेको हो । 

यी गन्तब्य नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिस गरिएकाहरु हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त गनतव्यलाई प्रवदर््धन गर्ने जनाएको हो ।
उक्त छनौट भएका गन्तव्य मध्ये सुदूरश्चिम प्रदेश अन्र्तगत कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १६ स्थित थारु होमस्टे गाउँ भादा, टिकापुर सर्किट, घोडाघोडी ताल र बर्दगोरिया गाउँपालिकाको बर्दगोरिया मन्दिरधाम रहेका छन् । जस अन्र्तगत स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने गन्तव्यमा थारु गाउँ भादा होमस्टे, टिकापुर टिकापुर सर्किट, घोडाघोडी ताल रहेको छ भने नयाँ तथा विकास गरिनुपर्ने गनतव्य बर्दगोरिया मन्दिरधाम रहेको छ ।

यसैगरि सुदूरपश्चिम प्रदेश अन्र्तगत कञ्चनपुरको चाँदनी दोधारा क्षेत्र, रौटेला झम्केली, ब्रहदेव धाम धार्मिक विकास क्षेत्र, बन्दा ताल कोटीहोम पर्यटकीय क्षेत्र, डडेल्धुराको अमरगढी, उग्रतारा रहेका छन् । त्यसैगरी बैतडीको त्रिपुरासुन्दरी, दार्चुलाको अप्पिनाप्पा संरक्षण क्षेत्र र मालिकार्जुन, अछाममा रामारोशन, डोटीको खप्तड, शैलेश्वरी, बडिकेदार धार्मिक पर्यटकीय क्षेत्र रहेको छ । भने बजुराको बडिमालिका, कोल्टी, बुढीनन्दा, बडिमालिका पदमार्ग र बझाङको गोरखनाथ मन्दिर पैदलमार्ग रहेका छन् ।
नयाँ पर्यटकीय गन्तव्यका लागि ६ सयभन्दा बढी स्थानहरु प्रस्तावित थिए । त्यसमध्ये कुन गन्तब्यलाई सयवटा भित्र समेटेर प्रवर्द्धन गर्ने भन्नेबारे मन्त्रालयले विभिन्न आधार तय गरेको थियो ।

मन्त्रालयकाका अनुसार नयाँ छनोट भएका भएका पर्यटकीय गन्तब्यहरु निजी क्षेत्र, स्थानीय सरकार र स्थानीय बासिन्दाको पनि सहयोग लिएर घुम्नयोग्य बनाइनेछन् ।
सम्भावना भएर पनि ओझेलमा परेका यस्ता गन्तब्यलाई अब विशेष रुपमा विकास, प्रचार, प्रसार र संरक्षण गरिनेछ । ‘नेपाल भ्रमण वर्ष’मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई प्राप्त गर्ने गरी नयाँ गन्तब्यको प्रवर्द्धन योजना बनाइएको छ ।
यी पर्यटकीय गन्तब्यको विकासमा सरकारले यसै वर्षबाट बजेट खर्च गर्न सुरुआत गर्नेछ । नयाँ गन्तब्य प्रवर्द्धन गर्न सरकारले ५० करोड रुपैयाँ छुट्याएको थियो ।
पुरातात्विक सम्पदा, ठूला तालतलैया वा पोखरी, सम्भावित भए पनि चर्चा नपाएका, भौतिक पूर्वाधार र सेवासुविधाको अभावले ओझेलमा परेका पर्यटकीय गन्तव्यहरुलाई नयाँ पर्यटकीय स्थलका रुपमा विकास गर्ने गरी छनोट गरिएको हो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu