कमलरीको शारीरिक शोषण पनि हुन्छ सभामुख महोदय [भिडियो]

Tuesday, 5 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचेतक शान्ता चौधरीले कमलरीको लागि बजेट विनियोजन नगरेको भन्दै आपत्ति जनाएकी छन्। उनले नीति तथा कार्यक्रम तथा बजेट कुनैमा पनि कमलरीका लागि कुनै बजेट विनियोजन नगरेको भन्दै आपत्ति जनाएकी हुन्। आफू पनि धेरै वर्ष कमलरीजस्तो दासत्व जीवन विताएको सभामुखलाई जानकारी गराउँदै उनीहरुको लागि बजेट छुट्याउन आग्रह गरेकी थिइन्।
उनले कतिपयको कमैया र कमलरी एउटै हुन् भन्ने बुझाइ गलत रहेको बताइन्। कमैया र कमलरी विलकुल फरक भएको उनले प्रस्ट पारिन्। ‘कमैयाको श्रम शोषण हुन्छ तर कमलरीको शारीरिक शोषण पनि हुन्छ सभामुख महोदय,’ उनले संसदमा भनिन्।
भिडियो हेर्नुस्
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu