थाकसको महाधिवेशन यस् पाली बन्द कोठा भित्र/पुनःधनिरामलाई अध्यक्ष बनाउन साँसदहरु लबिङ गर्दै

Tuesday, 7 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आर एन चौधरी थारु,, काठमाडौं := थारु कल्याणकारीणी सभाको २२ औं महाधिवेशन असोज महिनाको ७,८,९ गते काठमाडौंमा हुने भएको छ।थाकसले बिधान संसोधन गरि पहिलो पटक सबै पदाधिकारीको भनाइ अनुसार निर्वाचन गर्ने कुरामा सहमति नजिक पुगेको छ। सभाले आफ्नो भातृ संघसंगठन र बिदेश शाखालाई पनि पहिलोपटक प्रतिनिधि ,केन्द्रिय सद्स्य र मतदान को अधिकार दिने कुरामा सहमति नजिक पुगेको बताइन्छ ।बिदेश शाखाहरु बाट तीन जना केन्द्रिय प्रतिनिधि र अध्यक्ष गरि जम्मा चार जना प्रतिनिधि र चार जना पर्यवेक्षक हुनेछ्न । यता महाधिवेशन नजिकिदै गर्दा केन्द्रिय अध्यक्ष पदमा उम्मेदवार बन्न केहीले लबिङ सुरु गरिसकेको छ। बर्तमान अध्यक्ष धनिराम चोधरी लाई पुनः अध्यक्ष पदमा उम्मेदवार बनाउन केही सान्सद र पुर्ब सभासदले जिल्ला जिल्लामा लबिङ्ग सुरु गरेको जानकारी प्राप्त भएको हो।उपाध्यक्ष कन्नुलाल चोधरी , हरिदेबी चोधरी , चितवन जिल्लाको विश्राम चोधरी,अमृत प्रसाद खा को नाम अहिले सम्भाबित उम्मेदवारको रुपमा चर्चामा रहेको छ। बिगतमा भएको सबै महाधिवेशनहरु खुल्ला मञ्चमा उद्घाटन समारोह गरि हजारौंको उपस्थितिमा भब्यताको साथ गर्दैआइरहेको परम्परा चलि आएको छ।तर यस् पटकको उदघाटनसत्र राष्ट्रिय सभागृहको बन्द कोठा भित्र गर्ने निर्णय गरिएको छ।यो निर्णय लाई लिएर बर्तमान अध्यक्ष धनिराम चोधरीको र केन्द्रिय पदाधिकारीहरु को निष्क्रियतालाई लिएर जिल्ला जिल्लामा तिब्र आलोचना समेत भैरहेको छ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu