अनुगमनलाई तीव्र पार्न गुण नियन्त्रण बिभागलाई मन्त्री चौधरीको निर्देशन

Tuesday, 7 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
काठमाडौँ:=कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुगमन तीब्र पार्न निर्देशन दिएकी छन्। विभागको आर्थिक वर्ष ०७४/०७५ को वार्षिक प्रगति गोष्ठीको उद्घा‍टन गर्दै उनले जनताबाट धेरै गुनासाहरु आउनेगरेकाले अनुगमन तीव्र पार्न निर्देशन दिएकी हुन्।
‘जनताबाट धेरै गुनासाहरु आइरहेका छन्। हामीले आफ्नै नेतृत्वमा दुध र कालिमाटी सब्जी बजार अनुगमन गर्यौं, त्यहाँ धेरै कैफियतहरु भेटिए, मन्त्रालयबाट हामीले कारबाही प्रक्रिया पनि सुरु गरेका छौं। त्यसैले खाद्यान्नमा हुनेगरेको मिसावटका गुनासाहरुलाई हामीले सबै मिलेर हटाउनुपर्छ। यो नियन्त्रण गर्ने जिम्मवारी विभागको पनि हो,’ उनले भनिन्।
अखाद्य बस्तुले २ करोड ७५ लाख नेपाली जनताको स्वास्थलाई नोक्सानी पुर्याउने भन्दै मन्त्री चौधरीले यसलाई गम्भीरतापूर्वक लिन आग्रह गरिन्। स्वस्थ ,गुणस्तरीय तथा पोषणयुक्त खाद्य तथा दाना पदार्थहरुको उपलब्धता,आम उपभोक्ताहरुको जनस्वास्थ्यको रक्षा गर्ने जिम्मेवारी पूरा गर्न हर्दम तयार हुनुपर्ने उनले बताइन्।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu