आर एन चौधरी थारु,,
मलेसिया := नेपाल् आदिवासी जनजाती महासंघ राष्ट्रिय समन्वय समिती मलेसियाले २४ औं विश्व आदिवासी जनजाती दिवस तथा आफ्ना ६ औं बार्षिक उत्सव धुमधामको साथ मनाउने भएको छ।
मलेसियाको राजधानी क्वालालम्पुरमा बसेको महासंघको कार्यसमिति बैठकले सो निर्णय पारित गर्दै यहि अगस्ट महिनाको २६ तारिख आइतबारको दिन क्वालालम्पुरमा अवस्थित द-फाइभ एलिमेन्ट होटेलमा एक भब्य कार्यक्रमको आयोजना गरि विभिन्न नाराहरु जस्तैः-
२४औँ विश्व आदिवासी दिवस सफल पारौं ।
आदिवासी जनजाति एकता जिन्दावाद ।
विश्वभरका आदिवासीहरू एक होऔँ ।
अपुरो र अधुरो संविधान संशोधन गर ।
प्रदेशहरूको नामाङ्कन मानव पहिचानको आधारमा कायम गर ।
राज्यको हरेक अंगमा समानुपातिक प्रतिनिधित्वको ग्यारेण्टी गर ।
आदिवासी स्वायत्त र संरक्षित क्षेत्रहरू ग्यारेन्टी गर ।
आदिवासी जनजाति मन्त्रालय गठन गर ।
जातीय पहिचानसहितको संघीयता ग्योरन्टी गर ।
आदिवासी जनजाति महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर ।
आइएलओ महासन्धि नं. १६९ अनुरुप कानूनहरू परिमार्जन गर ।
युएनड्रिप ९ग्ल्म्च्क्ष्ए०को प्रावधानहरू अक्षरशः लागू गर ।
बहुभाषिक नीति लागू गर । मातृभाषामा उच्च शिक्षाको ग्यारेन्टी गर ।
एफपिक ९ँएक्ष्ऋ० कार्यान्वयन गर । राष्ट्रिय जनावर गाई खारेज गर ।
सम्पूर्ण मातृभाषालाई सरकारी कामकाजको अधिकार सुनिश्चित गर ।
आदिवासी आन्दोलनसँग गरिएका सहमतिहरू कार्यान्वयन गर ।
पहिचान र अधिकारका लागि संघर्ष गरौं । आदिवासीय भूमिका लागि संघर्ष गरौं ।
बन,जंगल र जमिनमाथिको अधिकार सुनिश्चित गर।
आदिवासीको प्रथाजनित कानूनको मान्यता प्रदान गर ।
प्राकृतिक स्रोतसाधन माथिको आदिवासीको अग्राधिकार कायम गर ।
आत्मनिर्णयको अधिकार सुनिश्चित गर ।
मानव पहिचान सहितको १०ं१ प्रदेश घोषणा गर ।
सरकारद्वारा घोषणा गरिएको अल्पसंख्यक सूची परिमार्जन गर ।
नेपाल आदिवासी जनजाति महासंघ जिन्दावाद । आदिवासी जनजाति आन्दोलन जिन्दावाद ।
लगायतको नारा सहित रोजगारीको सिलसिलामा मलेसियामा रहेका थारु,शेर्पा,तामाङ,मगर,राई लिम्बू,गुरुङ , सुनुवार गरि आदिवासी जनजाती भित्र पर्ने विभिन्न जातजातिको आफ्नो पहिचान झल्किने मातृ भाषा,पोसाक सहितको झाकी नाच समेतको प्रस्तुति रहने महासंघ मलेसियाका अध्यक्ष फूपू तेम्बा शेर्पा (पिटि )ले बताउनु भयो।मलेसियामा रहेका विभिन्न जातिय,समाजिक संघसंस्थाको साथ सहयोग सहकार्यमा आयोजना हुन लागेको सो कार्यक्रममा आदिवासी जनजाती महासंघ मलेसियालाई विभिन्न क्षेत्रमा रहि योगदान दिने र साथ,सहयोग गर्दै आइरहेको विशिष्ट ब्यक्तित्व(श्रष्टाहरु)हरु लाई सम्मान पत्र र खादा ओढाइ सम्मान गर्ने अध्यक्ष शेर्पाले भन्नू भयो।