आर एन चौधरी थारु,,
मलेसिया :=यहीँ अगस्टको महिनाको १०,११,1२ तारिखको दिन क्वालालम्पुरको टिटिवाङ्सा ब्याडमिन्टन हलमा भएको 5th एसिया प्यासिफिक हायासिया-हा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली खेलाडीहरुले भारी जित हासिल गरेको छ।
नेपाल,बङलादेश,ईन्डिया,भियतनाम,फिलिपिन्स,अष्ट्रेलिया,इन्डोनेसिया,सिङ्गापुर लगायत १४ वटा देशको खेलाडीहरुको सहभागीता रहेको उक्त खेलमा नेपालको तर्फबाट कर्ण बहादुर राईले भेट्रान कुमित्तेमा स्वर्ण पदक जितेका छन भने सोनाम नोर्बु बम्जन तामाङले विलो ८४ किलो तौलमा स्वर्ण पदक जितेको छ।त्यसै गरि गोमा थापाले विलो ५३ किलोमा रजत पदक जितेकी छिन भने १३ वर्ष मुनिको खेलमा रिवाज गिरिले कास्य पदक जितेको छ, साथै दल बहादुर तामाङले पनि विलो ७५ किलो तिर कास्य पदक हात पारेका छन यता अस्मिता प्रजाले विलो ६१ किलोमा कास्य पदक जितेकी छिन त्यसैगरि विलो ६० किलोमा तुलाराम धामीले कास्य पदक जितेका छन।
सो खेलमा नेपालले जम्मा २ स्वर्ण,१ रजत र ४ कास्य पदक प्राप्त गरेको छ। नेपाल बाट कराते टिम लिएर मलेसिया प्रस्थान गर्नु हुने नेपाल हायसिया-हा करातेका प्रमुख प्रशिक्षक तथा महासचिव रामकृष्ण लामा तामाङ, नेपाली प्रवासी सितोरियो कराते संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक योगेन्द्र कोइराला साथै अन्तर्राष्ट्रिय रेफ्री लक्ष्मी क्षेत्री,रेफ्री दिपक बोहराले यस प्रतियोगितामा नेपालको तर्फबाट रेफ्रीको भुमिका निर्वाह गरेका थिए भने टिम म्यनेजरमा इन्द्र बस्नेत, टिम कोचमा कर्ण बहादुर राई थिए।
यो प्रतियोगिता २,२ वर्षको अंतरमा हुने गरेको छ र यस 5th एसिया प्यासिफिक हायासिया-हा कराते महासंघको कोङ्रेस मिटिङले आगामी २०२० 6th एसिया हायासिया-हा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता नेपालमा आयोजना गर्ने निर्णय गरेको छ। साथै पदक विजेता खेलाडीहरुलाई नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियाले सम्मान तथा विदाइ कार्यक्रम समेत सम्पन्न गरेको छ।
