लक्ष्मण थारुको घर-जग्गा बचाउन आर्थिक सहयोग गर्न तलको लिङ्क खोलेर हेर्नुस् र सेयर गर्नुस्

Saturday, 11 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

काठमाडौं := टीकापुर घटनाका राजबन्दी लक्ष्मण थारुले आफ्नो घर-जग्गा बचाइदिन सरोकारवाला पक्षसँग आग्रह गरेका छन्। आफू विगत तीन वर्षदेखि जेल रहेको उनले २१ लाख बढी रकम जुटाउन असमर्थ भएकाले लिलामीबाट जोगाइदिन आग्रह गरेका छन्। उनले थारुवानसँग टेलिफोनमा कुरा गर्दै भने, ‘झुठो मुद्दामा फसाएर ब्यापार चौपट बनाइदिए। तीन वर्षदेखि कैदी बनाएर मलाई घरको न घाटको बनाइदियो। जेलमा थुनिएका मान्छेले कहाँबाट २१ लाख जोहो गर्नु ?’

कैलाली जिल्ला अदालतले भदौ ५ गते उनको घर-जग्गा लिलाम गर्दैछ। त्यसका लागि साउन १७ गते अदालतले सर्वसाधारणका निम्ति सूचना जारी गरेको थियो।

साबिक फूलबारी गाविस वडा नं. १ स्थित कित्ता नं. ६६३ को ६८५ वर्ग मिटर क्षेत्रफल र ६६४ को १०२० वर्ग मिटर क्षेत्रफल र हालको धनगढी उप महानगरपालिका १८ को कित्ता नं. ६६७ को ३३० मध्ये ८८.८८ वर्ग मिटर क्षेत्रफलको पश्चिम तर्फको जमिन लिलाम हुने अदालतले जारी गरेको सूचनामा उल्लेख छ।सूचनामा मिति २०७५ भादौ ५ गते दिनको २ बजेदेखि साँझ ४ बजेसम्म कैलाली जिल्ला अदालत तहशिल शाखामा बोलपत्र आह्वान गरेको छ ।

लक्ष्मण थारुलाई सहयोग गर्न चाहनेले उनका छोरा युवराज चौधरीलाई ९८६१२४४०८० र इन्दु थारुलाई ९८४८६९५०४७ मा सम्पर्क गर्न सक्नुहुन्छ।
अथवा जेलबन्दी लक्ष्मण थारुको छोरा धनगढीमै बस्नु हुने युवराज चौधरीको माच्छा पुच्छरे बैंकको खाता नम्बर A/C.:-४८४०५२४३४६२८३०१२ मा सक्दो सहयोग रकम जम्मा गर्न सक्नु हुनेछ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu