भलिबल खेलाडी दुर्गा महतो नेपाल राष्ट्रिय टिमको तर्फबाट शुक्रबार एशियन गेम्स खेल्न इन्डोनेसिया जाँदै

Tuesday, 14 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

अनुराग महतो,,
युएई :=नवलपरासी  मध्यविन्दु  नन्दपुरका राष्ट्रिय भलिबल टिमका सदस्य  दुर्गा महतो नेपाल राष्ट्रिय भलिबल टिमबाट शुक्रबार एशियन गेम्स खेल्न इन्डोनेसिया जाँदैछन्। एसियाडमा २० राष्ट्र सहभागी हुनेछन्, नेपालको समुहमा दक्षिण कोरिया र चाइनिज तपेइ रहेकाे छ । नेपाली टिम ‘डि’ मा परेको छ पहिलो खेल भदौ ६ गते चाइनिज तपेई सँग र दोस्रो खेल भदौ ८ गते दक्षिण कोरिया सङ्ग प्रतिष्पर्धा हुने भएको छ ।

नेपाल राष्ट्रिय टिम बाट एशियन गेम्समा  कप्तान इम बहादुर मगर, मान बाहादुर श्रेष्ठ , दुर्गा महतो, नरेन्द्र गिरि, धन बहादुर भट्ट श्रेत्रि, बिशाल बहादुर वि.क, कुल बहादुर थापा, दिपक राज जोशि, राजु शेरचन, वैरभ बहादुर बङ, हरि बहादुर अधिकारी ,इश्वर  थामा लिवेरि  जानेछन् ।सानै उमेरदेखि खेलकूदमा रुचि राख्ने महतो खेलकूद क्षेत्रमा चर्चित नाम हो। महतो होनहार र निकै अनुशासित खेलाडी हुन्। विभिन्न जिल्लाहरुमा पुगेर अाफ्नो कला प्रदर्शन गरिसकेका छन्। वडा स्तरीय, जिल्ला स्तरीय र राष्ट्रिय स्तरको भलिबल खेलमाहरुमा विजय हासिल गर्दै थुप्रै पुरस्कारहरु प्राप्त गरिसकेका छन्। खेलकूदसंगै उनलाई नेपाली सेनामा रहेर देशको सेवा गर्न उतिकै रुचि थियोे।

वि.स. २०६९ सालमा नेपाली सेनामा नियुक्ती भएपछि उनी भलिबल खेल खेल्दै सेनाको भलिबल टोलीबाट थुप्रै पुरस्कार तथा मेडलहरु जित्न सफल भए र झनै चर्चित हुन थाले। उनलाई खेलकुद क्षेत्रमै राखियो र उनी हाल नेपाल आर्मी क्लब बाट भलिबल खेल खेल्ने गर्दछन।अन्तर्राष्ट्रिय स्तरमा माल्दिभ्स, मकाउ पाकिस्तान, भारत लगाएत थुप्रै देशहरुमा आफ्नो खेल प्रदर्शन गरि राष्ट्रिय खेलाडीमा छ्नोट भई , एशियन गेम्समा आफ्नो खेल प्रदर्शन गर्न जाने भएका छन्।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu