सुजन बिश्वकर्मा,,
काठमाडौं :=गीत संगीतको पनि एक सिजन हुन्छ।सिजन हुन्छ भन्दैमा बेसिजन गीतहरु नी चलिरहेकै हुन्छन।गीत संगीत मानिसको सदाबाहार साथी भने अनुयुक्ती नहोला।तर यहाँ सिजनको प्रसंग यो अर्थमा उठाइयो कि आउदै गरेको हिन्दुनारीहरुको महान चाड तीजलाई लक्षित गर्दै गीत तथा म्युजिक भिडियो डिजिटल प्रबिधीमा सार्वजानिक गर्ने एक होड नै चलेको छ।
यसै परिवेशमा मालती डिजिटल प्रा.ली को प्रस्तुतिमा महिमा बिश्वकर्माको अत्यन्तै मीठो तीज गीत "पसिना " म्युजिक नेपालको आधिकारिक युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ । बहु प्रतिभाका धनी चर्चित गायक तथा संगीतकार नेत्र भण्डारीको लय र स्वरले सुसज्जित गीतमा पछिल्लो समय आफ्नो उत्कृष्ट लेखन शैलीबाट सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल कुशल अनि बहुचर्चित गीतकार सन्ध्या के.सीको शब्द सृजना रहेको छ भने महिला तर्फ सुमधुर स्वरकी धनी महिमा बिश्वकर्माको स्वर रहेको छ ।
सांगीतिक बजारमा आफुलाई सफल निर्देशकको रुपमा स्थापित गर्दै पछिल्लो समय निकै ब्यस्त र चर्चित निर्देशक काजिश श्रेष्ठको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा उत्कृष्ट अभिनय मार्फत धेरै दर्शकको मन जित्न सफल मोडल सुमन परियार र करिश्मा ढकालको अभिनय रहेको छ भने अजय रेग्मिको छायांकन साथै दिपक बिष्टको सम्पादन रहेको छ ।
भिडियो हेर्नूहोस् :=

