गजल,,
कहिले वार कहिले पार टेकेको छु
तिमी छौ र अामा संसार टेकेको छु
भनेनौ ऐया मलाई दुख्यो भनि कैले
मैले तिम्रो छाती लगातार टेकेको छु
झरेन मोति जस्तो अाँशुका दानाहरु
टेक्न त परेलि को किनार टेकेको छु
मुसार्यौ मलाई कति फूलले छुँदा पनि
तिनै हत्केला पोहोर परार टेकेको छु
सकुँला कसरि यो पाप कटाउन मैले
पुज्नु पर्ने देउता बारम्बार टेकेको छु
( बिजय तामाङ )
घर:- काभ्रे / हाल मलेसिया
