‘भुरभुरा रहर’को पोस्टप्रोडक्सन सुरु

Wednesday, 1 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
थारु भाषाको फिल्म इतिहासमा सबैभन्दा धेरै लगानीमा बनिरहेको फिल्म ‘भुरभुरा रहर’को पोस्टप्रोडक्सनको काम आजदेखि सुरु भएको छ। थारु फिल्मस् प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको कम्पनीले आफ्नै ल्याबमा  सम्पादनको काम सुरु गरेको छ।सोमबार कम्पनीका प्रबन्ध निर्देशक रामलाल चौधरीले ल्याबको शुभारम्भ गरेका छन्। भुरभुरा रहर फिल्मका टिममाझ निर्देशक चौधरीले ल्याब उद्‍घाटन गरेका हुन्।
रामलाल चौधरीको निर्माण, सुशील चौधरीको लेखन र मदन चौधरीको निर्देशनमा बनेको फिल्म गत वैशाखमा छायाँकन गरिएको थियो। निर्देशक चौधरीका अनुसार दसैंमा प्रिमियर गर्नेगरी पोस्टप्रोडक्सनको काम भइरहेको छ। सम्भवत भदौ पहिलो सातासम्म फिल्मको टिजर सार्वजनिक गर्ने निर्देशक चौधरीले जानकारी दिए।भुरभुरा रहरमा थारु समुदायको एउटी किशोरी र परिवारको कथा देखाइएको छ। जो गरिब परिवारमा जन्मिएकै कारण आफ्नो रहर मार्न बाध्य हुन्छिन्।
Share this article :
SHARE THIS POST IN YOUR CHOICE LOCATION
 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu