मृगौला रोगी समीर तामाङलाई देशविदेशबाट आर्थिक सहयोग प्राप्त

Thursday, 21 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
नवराज तामाङ ,,
मृगौला रोगी समीर तामाङलाई देशविदेशबाट आर्थिक सहयोग प्राप्त भएको छ ।रोगी तामाङलाई रामेछाप गुप्तेश्वरीकी अभियान्ता नेरुता मोक्तानको नेतृत्वमा जम्मा भएको आर्थिक सहयोग मंगलबार हस्तान्तरण गरेपछि बिरामीलेई ७३ हजार ३ सय ४० रुपैयाँ सहयोग प्राप्त गरेको हो ।
झापा दुर्गापुरका बिरामी समीरलाई`समीर बचाउका´अभियान्त मोक्तानको पहलमा जापानबाट लस्मिता दोङ, युएईबाट धुर्ब कुमार तामाङ र मनिराज तामाङ, न्युयोर्कबाट इमान थिङ, मलेसियाबाट बिन्दा तामाङ कुवेतबाट हारिसा र  पुषा, लेबनानबाट सुन्दरी दोङ तामाङ, कुमारी मोक्तान, पायल गोले, पूर्ण खनाल, पुजा राई, अनुशा पुन मगर, देवी तामाङ, मञ्जु मोक्तान गरी ७३ हजार ३ सय ४० रुपैया बिरामीका दाई र अभियानका अभियान्त नुरी शेर्पाको उपस्थितिमा बिरामीलाई मोक्तानले हस्तान्तरण गरेकी थिइन् ।चेकजाँचका क्रममा एक वर्षअघि मृगौला फेल भएको १४ वर्षीय तामाङ झापा दुर्गापुरका हुन् । ४ वर्षअघि आमाले छोडेर गएका तामाङको बुबा रोजगारीका लागि साउदीमा छन् भने उनको साथमा बहिनी छिन् । तामाङको उमेर सानै भएका कारण मृगौला प्रत्यारोपणमा खतरा रहेकाले केही वर्ष औषधी उपचार गर्नुपर्ने बिरामीको उपचारमा संलग्न डाक्टरले बताए ।
मासिक ४० हजार रुपैयाँभन्दा बढीको औषधी लाग्ने गरेको अभियान्त मोक्तानले बताइन् । यसअघि मोक्तानसँगै बबिता योञ्जन, हिरामान तामाङ, एचबि लामा र नुरी शेर्पाको संयुक्तमा समीर तामाङ बचाउ अभियान सुचारु गरी सहयोगको अपिल गरेका थिए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu