हमार सनेश सहकर्मी ,,
मोरङ := महिला शान्ति, अनुसन्धान तथा बिकास केन्द्र ( वपरडेक) को १३ औं वार्षिकोत्सव एवं साधारण सभा तथा चौथौं अधिवेशन र सम्मान कार्यक्रममा सप्तकोशी एफएम ९० मेगाहर्ज इटहरीका संचारकर्मी लिलानाथ गच्छदार (एलएन) सम्मानित भएका छन्।
लामो समय देखि पत्रकारिताको माध्यमबाट नेपाली सामाजको सामाजिक रुपान्तरणको अभियानमा बिधमान सबैखालका बिकृति र विसंगतिहरुलाई जनचासो र सामाजिक सरोकारको बिषय बनाउदैं आधारभूत तहका जनतालाई सचेत र सु-सुचित गराउन गच्छदारले भूमिका निर्वाह गर्दै आएको हुदाँ वपरडेकले मुल्यांकन गर्दै आगामी दिनमा अझ रचनात्मक एवं सृजनशील भूमिकाको अपेक्षा सहित उक्त संस्थासंग अझ घनीभूत सहकार्य र समन्वय गर्नका लागि उक्त कार्यक्रममा वपरड़ेक संस्थाका निमित अध्यक्ष निरा भगत र जिल्ला समन्वय समितिका प्रमुख नरेश प्रसाद पोखरेलले दोसल्ला र सम्मान पत्र सहित सम्मान गरेको हो।
गच्छदार २०६९ सालमा इटहरी एफएम ९२.५ मेगाहर्जमा थारु भाषाको कार्यक्रम " गेनाफुल" नामक कार्यक्रममा ३ बर्ष प्रस्तोताको रुपमा काम गरेको थियो भने २०७१ सालमा देखि २०७२ साल चैत्र सम्म रेडियो सारङ्गी १०१.३ मेगाहर्ज बिराटचौकबाट अर्को थारु भाषाको कार्यक्रम "हमर घर येङगन" प्रस्तोताको रुपमा काम गर्दै आएका थिए। थारु समुदायको कला संस्कृति , भाषा, परम्पराको संरक्षणलाई जोड दिदै, समुदायको घटना र कार्यक्रमलाई उजागर गर्दै, थारु समुदायमा योगदान पुर्याउने संघर्षरत व्यक्ति सङ्गको कुराकानी सङ्गै र थारु गित संगितलाई समेत संरक्षण गर्ने हेतुले २०७२ साल जेष्ठ देखि सप्तकोशी एफएम ९० मेगाहर्जबाट १७ बर्ष सम्म संचालन गरेको स्व. हरिनारायण चौधरीको थारु भाषाको कार्यक्रम " भुरकवा तारा" कार्यक्रम हाल सम्म संचालन गर्दै आएका छन्।
त्यसैगरी थारु पत्रकार संघ मोरंग शाखाका अध्यक्ष भएर काम गर्दै आएका छन् भने नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज) सुनसरीको सदस्य समेत हुन्। समाजिक संस्था सिद्धेश्वर सेवा समाज सुन्दरहरैंचाको संस्थापक सचिव भएर हाल सम्म काम गर्दै २०७४ भदौमा स्थापना भएको थारुकला केन्द्रको महासचिवको पद समाल्दै आएका छन्।