म्याराथुन दौडमा नेपाली झण्डा फहराउदै मलेसियामा/काजी राई दूतावासबाट सम्मानित

Friday, 3 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सहकर्मी ,,
तिलोचन गौतम ,,
मलेसिया := उदयपुर बेलाका नगरपालिका ६ का काजी राई रिभाईभ म्यान्पावर बाट ६ बर्स पहिले १ लाख ६० हजार रुपैया तिरेर समान्य कामदार को रूपमा मलेसिया आएका थिए।

परिवार का कान्छा छाेरा भएता पनि परिवारिक आयस्थिती कम्जोर भएकै कारण मलेसिया आएका उनि काम गर्ने elektri sola sdn bhd भन्ने कम्पनी कै आयोजना मा सानाे सात किलोमीटर (7 km) दाैड कम्पिटिशन गराएको थियो । त्यो दौडमा आफुले प्रथम स्थान ल्याएपछि कम्पनी कै रोहबर मा अन्तरास्ट्रिय स्तरकाे 2015 मा मलेसिया को पेनाङ्गमा भएका म्याराथुन मा कम्पनी ले स्पोन्सर गरिदिएको थियो । 10 km मा मात्रै म सहभागी जनाएका उनले त्यस्पछी आफुलाइ म्याराथुन दौड प्रति अाकर्सण बड्न थालेकाे उनी बताउँछन् ।

अहिले कतै दौड प्रतियोगिता हुदा स्थानीय बासि उन्को रोजगारदाता कम्पनी को मालिक काे सहयागमा प्रतियोगिताहरुमा सहभागी हुन्छन् । अहिलेसम्म मलेसियामा भएका दर्जनभन्दा माथी दौड प्रतियोगितामा मा सरिक भैसकेका छ्न । The magneficent merapoh trail 35 km 2017 August 5th place. Action asia trail run 2017 November 22km 2nd place. Ultra marathon Route 68 challenge 168 km 2018 aprirl 9th place. Cameron ultra trail run 30 km 2018/7 / 28 3rd place उनी सहभागी भएका प्रत्येक प्रतियोगिता मा नेपालकाे झन्डा फर्फराउदै दाैढ क्षेत्रमा नेपालकाे सिर उच्च पार्नुपर्छ भन्ने लागेर नेपाली झण्डा साथमा लिएर हिडेको बताएका छन । यहि आउदो डिसेमेबरमा स्वदेश फर्कने तयारीमा रहेका उनी स्वदेश गएरै पनि तेस्तै अबसर पाए दौड बाटै आफू र आफ्नो देश को नाम रोसन गराउने सोचाइमा छन ।

क्वालालम्पुर नेपाली राज्दुताबास मलेसिया ले देशको झण्डा फहराउदै कामदारको हैसियत मा आएका काजी राई ले उल्लेखनीय र सम्मानयोग्य काम गरेको भन्दै दूतावास मा राइलाइ सम्मान्पत्र दिएर सम्मान समेत गरेको थियोे ।
मलेसिया मा भएका प्रतियोगिता मा आफुलाइ सहभागी गराएर सहयाेग गर्नु हुने स्थानीय बासि लाई र मलेसिया स्थित राजदूतावास सम्म पुर्याउनु हुने अमिर माबो लाई र क्वालालम्पुर स्थित नेपाली दूतावास लाई आफुलाइ सम्मान गरेको मा आभार ब्यक्त गरेका छन ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu