थाकसको २२ औं महाधिवेशन एक दिन पछि सर्यो/प्रमुख अतिथि ओली आउने बारे तिब्र विवाद

Sunday, 5 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

काठमाडौं := थारु कल्याणकारिणी सभा (थाकस)को २२औं महाधिवेशन असोज ७, ८ र ९ गते हुने भएको छ। शनिबार बसेको मूल आयोजक समितिको बैठकले महाधिवेशन मिति एक दिन पछि सारेको हो।थारुवानमा खबर छापिएको छ। बैठकले उद्घाटन सत्र राष्ट्रिय सभामा गर्ने निर्णयसमेत गरेको छ। बन्द सत्र भने अझै टुंगो नलागेको महामन्त्री अमिरी चौधरीले जानकारी दिए। उनका अनुसार मूल आयोजक समितिले विभिन्न कमिटी गठन गरी महाधिवेशनको तयारी थालेको छ।

चौधरीका अनुसार आवास तथा भोजन व्यवस्थापनमा प्रेमीलाल चौधरी, आर्थिकमा जयराम पञ्जियार, प्रतिनिधि प्रर्यवेक्षकमा अमिरी चौधरी, प्रचार प्रसार तथा झाकीमा रामलाल चौधरी, अतिथि सत्कारमा हरिदेवी चौधरी, मञ्च व्यवस्थापनमा धर्मलाल चौधरी, आर्थिक संकलनमा राजकुमार लेखी, स्वयंसेवकमा रामकृष्ण चौधरी र अनुगमनमा कन्नु लाल चौधरी छन्।

बैठकले प्रतिनिधि तथा प्रर्वयेक्षकको टुंगोसमेत लगाएको छ। महामन्त्री चौधरीका अनुसार प्रतिनिधिका हकमा थाकसका सम्पूर्ण पदाधिकारी र सदस्य थाकस जिल्ला तथा विदेश शाखाबाट तीन तीन जना निर्वाचित केन्द्रीय प्रतिनिधिहरु हुनेछन्।थाकस जिल्ला सभापतिहरू र विदेश शाखाका सभापतिहरू, थाकसका सम्पूर्ण सम्मानित सदस्यहरु, सम्पूर्ण केन्द्रीय सल्लाहकारहरु र सम्पूर्ण आजीवन सदस्यहरु भने पर्यवेक्षकका रुपमा रहनेछन्।

प्रतिनिधि र प्रर्यवेक्षकको शुल्क दुई हजार रुपैयाँ तोकिएको छ। प्रत्येक जिल्लाले सहयोगस्वरुप पाँच हजार दिनुपर्ने निर्णय भएको महामन्त्री चौधरीले जाकारी दिए। उनका अनुसार केन्द्रीय सदसयको उम्मेदवारी शुल्क तीन हजार र अध्यक्षको ११ हजार रुपैयाँ तोकिएको छ।

प्रमुख अतिथिमा विवाद

थाकसको २१औं महाधिवेशनको उद्घाटन सत्र तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गरेका थिए। तर यसपाली प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाउने कि नबोलाउने भन्दै विवाद सिर्जना भएको छ। मूल आयोजक समितिको बैठकमा केही पदाधिकारीहरुले थारु आन्दोलनको विरोधी भएको भन्दै नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई महाधिवेशनको प्रमुख अतिथि बनाउन नहुने तर्क प्रस्तुत गरेका थिए। केहीले भने प्रधानमन्त्रीलाई नै बोलाउनुपर्ने सुझाव दिएका छन्। यस विषयमा कुनै टुंगो नलागेको महामन्त्री अमिरी चौधरीले जानकारी दिए। ‘कसैले तर्क वितर्क गरे होलान्, यस विषयमा हामीले कुनै खालको निर्णय गरिसकेका छैनौं,’ महामन्त्री चौधरीले भने।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu