टिकापुर घटनाको जेलबन्दी लक्ष्मण थारुको घर-जग्गा लिलाम हुँदै/बचाइ दिनु हुन आग्रह

Monday, 6 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

कैलाली:= टीकापुर घटनाका राजबन्दी लक्ष्मण थारुको घर-जग्गा लिलाम हुने भएको छ। कैलाली जिल्ला अदालतबाट सर्वसाधारणका निम्ति यही साउन १७ गते  जारी गरिएको लिलामी सूचना अनुसार लक्ष्मण थारुको घर-जग्गा भदौ ५ गते लिलाम हुनेछ।

साबिक फूलबारी गाविस वडा नं. १ स्थित कित्ता नं. ६६३ को ६८५ वर्ग मिटर क्षेत्रफल र ६६४ को १०२० वर्ग मिटर क्षेत्रफल र हालको धनगढी उप महानगरपालिका १८ को कित्ता नं. ६६७ को ३३० मध्ये ८८.८८ वर्ग मिटर क्षेत्रफलको पश्चिम तर्फको जमिन लिलाम हुने अदालतले जारी गरेको सूचनामा उल्लेख छ।

सूचनामा मिति २०७५ भादौ ५ गते दिनको २ बजेदेखि साँझ ४ बजेसम्म कैलाली जिल्ला अदालत तहशिल शाखामा बोलपत्र आह्वान गरेको छ ।थारुले कैलाली कारागारमै कष्टपूर्णरुपले राजबन्दी जीवन विताइरहेको अनुभव सुनाउँदै भने ‘टीकापुर घटना हुनुअगाडि काठमाडौंको बिजुलीबजारमा थारु भिलेज रिसोर्ट सञ्चालन गर्दै आएको थिएँ। तर घटना पछि आफू पक्राउ पर्दा रिसोर्ट बन्द अवस्थामा छ।’

रिसोर्ट सञ्चालन गर्न ऋण लिएपनि राम्रोसँग करोबार गर्न नपाउँदै पक्राउ परेको भन्दै उनले दुखेसो पोखे। उनी लिलाम हुन लागेको जग्गा जोगाइदिन सबैसँग सहयोगको अपेक्षा गरेका छन्। ‘विगत तीन वर्षदेखि जेलमा कोचिएको छु। रिसोर्ट राम्रोसँग चलाउन पाएको भएँ सायद यो दिन देख्न पर्थेन। सबैसँग सहयोगको याचना गर्न चाहन्छु,’ उनले भने। हाल उनी कैलाली कारागारमा छन्।  (साभार :-थारुवान डटकमबाट )

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu