दुबै मृगौला फेल भएकी अनिशा लोप्चन भन्छिन ,म बाच्न चाहन्छु/कृपया सक्दो सहयोग गर्दिनुस

Monday, 6 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सहकर्मी ,,
काठमाडौं:=उमेरले झण्डै ३० पुग्नै लागेकी । परिवार, समाज अनि आफ्नो सुन्दर भविष्यका लागि आफूले केही गर्नैपर्छ भन्ने मनमा लागिरहेकै बेला उठ्नै नसक्ने गरी ओछ्यानमा सुत्न बाध्य बनिन्, उनी ।

सायद २२ वर्षकी हुँदो हो, त्यही बेलादेखि ओछ्यानमै छिन् उनी । सानैदेखि घरी टाउको, घरी पेट दुखेको त घरी ज्वरो आएको बताइरहने उनको नाम हो, अनिशा लोप्चन ।काभ्रे जिल्लास्थित खानीखाेला गाउँपालिका वडा नं. ४ जगथलीकी अनिशाले पटक–पटक सानैमा बुवा आमा र दाजुभाईसँग घरी रिंगटा लाग्ने, ज्वरो आउने, काम्ने, टाउको र पेट दुख्ने बताइरहँदा उनको परिवारले झाक्री ल्याएर कयौँ पटक उनको रोग निको पार्ने कोसिस गरे । झाक्रीले पनि पटक–पटक उनको रोग निको पार्ने वचन दिए, तर कहिल्यै निको भएन । अन्तत : उनको जीवनको सहारा ओछ्यान बन्यो, अर्थात उनी ओछ्यानमै छिन् ।

ओछ्यानबाट उठ्नै नसक्ने गरी थला परेपछि उनलाई अस्पताल लगियो । अस्पताल लैजाँदा डाक्टरले रिपोर्टमार्फत भने, ‘अनिशाको दुवै मृर्गौला फेल भएको छ ।’डाक्टरको यो रिपोर्ट सुनेपछि अब परिवारसँग अनिशाको मृर्गौला प्रत्यारोपण गर्ने बाहेक विकल्प रहेन । अनिशाको विवाह पनि भइसकेको छ । विवाहपछि नै उनी झन् सिकिस्त बिरामी बनेकी हुन् ।

यसरी सिकिस्त बन्न थालेपछि उनलाई श्रीमानले छाडे । श्रीमान अहिले अर्कैसँग बिहे गरेर बसिरहेका छन् । अनिशालाई श्रीमानले अहिले कुनै वास्ता गर्दैनन्, अनिशाको अनुसार उनको श्रीमानले उनलाई सम्पर्क समेत गरेका छैनन् ।श्रीमानले बेवास्ता गरेपछि अनिशाको निरन्तर उपचार उनको माइत पक्षले गर्दै आएका छन् । अस्पतालमा लगेर उनको डायलोसिस गर्दै आएका माइत पक्षका दाजुभाई र बुवाआमा आफैँले आर्थिक अभावका कारण अनिशाको मृर्गौला प्रत्यारोपण गर्ने आँट गर्न सकेका छैनन् ।भक्तपुस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा विगत ८ वर्षदेखि डायलोसिस गर्दै आएकी अनिशालाई आफ्नो मृर्गौला प्रत्यारोपण गरी स्वस्थ जीवन जिउने रहर छ । ‘उठेर बस्नै मिल्दैन, मलाई पनि स्वस्थ भएर बाँच्ने रहर छ’ उनले भनिन्, ‘मृर्गौला नफेरेसम्म म स्वस्थ हुन्न रे, मृर्गौला फेर्न पैसा छैन ।’आर्थिक अभावका कारण मृर्गौला प्रत्यारोपण गर्न नसकेपछि उनले आफ्नो जीवनमा स्वस्थ भएर बाँच्ने रहर रहरमै सीमित हुने हो कि भन्ने डर समेत मानेकी छिन् । ‘मृर्गौला फेर्न पैसा छैन, स्वस्थ भएर बाँच्ने मेरो रहर रहरमै सीमित हुने हो कि जस्तो पनि लागेको छ’ अनिशाले गहभरी आँशु पार्दै भनिन् ।

सञ्चारकर्मिहरु संगको कुराकानीको क्रममा पटक–पटक रोएकी उनले आफूलाई बचाउन सबै नेपाली दाजुभाई तथा दिदीबहिनीसँग अपिल गरिन् । ‘धेरै मृर्गौला पीडितलाई आर्थिक सहयोग गरेर नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले बचाएको छ भन्ने सुनेको छु’ उनले रुँदै भनिन्, ‘मलाई पनि बाँच्ने रहर छ, मलाई पनि जिउने रहर छ, कृपया मलाई बचाउनुस्, मलाई सहयोग गर्नुस् ।’

डाक्टरले उनको मृर्गौला प्रत्यारोपण गर्न १५ देखि २० लाख रुपियाँ रकम लाग्ने बताइसकेका छन् ।

मृर्गौला फेल भएपछि मृत्युसँग लडिरहेकी अनिशालाई हामीले पनि सहयोग गरेर बचाउने कि ? हाम्रो थोरै सहयोगले उनले नयाँ जीवन पाउँछ भने हामीले किन सहयोग नगर्ने ? अनिशासँगको कुराकानीका क्रममा यस्ता धेरै प्रश्न उठ्यो हाम्रो मनमा ।
अनिशालाई सहयोग गर्न अनिशा लोप्चनको नाममा प्रभु बैँक लि. गोठटार, काठमाडौं शाखामा रहेको १५२०१००१०६३०६९०००००१ मा रकम जम्मा गरिदिन सक्नुहुनेछ । उनलार्इ भेट्न ९८६९३४६६४६ मा फाेन गर्न सक्नुहुनेछ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu