किशोर सुब्बाद्वारा निर्देशित लिम्बू चलचित्र ‘साम’ (आत्मा ) पुस्पाञ्जली हलमा विशेष प्रदर्शन सम्पन्न

Friday, 14 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सुकमाया राई ,,
काठमाडौं := किशोर सुब्बाद्वारा निर्देशित लिम्बू चलचित्र ‘साम’  यानिकि आत्माको आज काठमाडौ कोटेश्वरस्थित पुस्पाञ्जली हलमा विशेष प्रदर्शन (प्रिमिएर सो) भएको छ।
हलमा फिल्मका कलाकार, पत्रकार तथा बढि लिम्बू दर्शकहरुको बाक्लो उपस्थित रहेकोथियो । चलचित्र साम मा अकालमा मृत्यु भएको ब्यक्तिले मृत्युपछि गर्ने क्रियाकलाप देखाईएको छ । जमिन्दारले जालझेल गरेर अरुको जग्गा हडपे पछि भएका घटना क्रमलार्इ चलचित्रमा देखाईएको छ । लिम्बू भाशामा निर्मित यस चलचित्रको कथा बस्तु पुरातन सोचका बारेमा केन्द्रित छ । यस चलचित्रका निर्देशक भने किशोर सुब्बाले लिम्बू हुन । उनले धेरै नेपाली चलचित्रहरु बनाइसकेका छन् ।

चलचित्र हेरिसके पछि चलचित्र सामको निर्देशक किशोर सुब्बाले लिम्बू संस्कारमा अकालमा स्वभाबिक रुपमा मृत्यु नभएका ब्यक्तिको आत्मा भडकिएर त्यसले पार्ने प्रभाबलार्इ यवा (धामी)हरुले कुन रूपमा त्यसके सामधान गर्दछन् त भन्ने कुरा समेत बताए । सामको प्रतिक्रिया दिदै रेडियो तथा टेभि प्रस्तोता साथै मोडल कला सुब्बा भनिन ‘फिल्म मार्मिक लाग्यो, कथावस्तु एकदमै मायालाग्दो छ । सोझोसाझो मान्छे लाई अराजक हरुले कसरि फसाउछ, लिम्बू कल्चर हरु परिवेसहरु देखाईएको, यस्तो फिल्महरु अझै धेरै बनिनु पर्छु ।’

त्यस्तै लिम्बूवान संघिय मंञ्चका अध्यक्ष कुमार लिङदेनको प्रतिक्रिया भने यस्तो जनाए ‘फिल्म राम्रो छ तर पनि सुधार्नुपर्ने थुप्रै छ । चलचित्र २ मिनेट भए पनि चलचित्रमा हाम्रो पालाम, च्याब्रुङ लिम्बूवानको पौवा भन्जाङ, तमोर आवोस र फक्तालुङ देख्ना पाइयोस साथै भेषभुषामा ध्यान दिन सकेमा अझ सुनमा सुगन्ध थपिनेथियो।’

फिल्ममा पुष्पा लिम्बू, रुकमान लिम्बू, हस्त लिबाङ, कल्पना योङहाङ, उदय सुब्बा, केदार श्रेष्ठ, राजु घिमिरे, बिमू थेगिम, चन्द्र लिम्बू, धुव्र पोखरेल, कल्पना लिम्बू, देउमान केरुङ लगायतका कलाकारहरूको अभिनय रहेकोछ । यो फिल्म गायक रुकमान लिम्बूको डेब्यु फिल्म हो । फिल्ममा सागर केरुङको लेखन, कुमार बखतीको छायांकन, मन्दिल श्रेष्ठको सम्पादन र समीर मियाको भिएफएक्स रहेको छ ।

माता पाथीभरा फिल्मस् प्रालिको प्रस्तुति रहेको छ भने फिल्ममा लिबाङ फिल्मस् प्रोडक्सन प्रालि र द हाइल्यान्ड आर्टको सहकार्य छ। फिल्ममा हस्त लिबाङ, चन्द्र लिम्बू, कल्पना योङहाङ, बिसाल थेबे र किशोर सुब्बाको संयुक्त लगानी रहेको बताइएको छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu