युएईमा यसपटक पनि थारु माघी महोत्सव आयोजना हुँदै/गायक,गायिका अनु र देवकृष्ण विश्वासको सहभागिता

Saturday, 23 November 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश ड्टकम,,
युएई := नेपालमा रहेका आदिवासी जनजाती,भुमिपुत्र थारु समुदायको माउ संस्था थारु कल्याणकारिणी सभाको बिदेश शाखा दुबई (युएई)ले थारुहरुको नयाँ वर्ष (माघे सङ्क्रान्ती) माघीमा यसपटक पनि युएईमा  साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। 

जनवरी १७ तारिख (माघ ३ गते) देहरा युएई स्थित कल्टन टावर होटलमा हुने कार्यक्रममा नेपाल बाट चर्चित गायिका अन्नु चौधरी र देवकृष्ण विश्वासको सहभागिता रहने धर्मराज महतोले जानकारी दिए ।


महतोले युएईमा बस्ने सम्पूर्ण थारु लगायत नेपाली जनसमुदायहरुलाई कार्यक्रममा सहभागी भइदिनु हुन आग्रह गरेका छन्। 'युएईमा बस्ने सम्पूर्ण थारुहरुलाई एकताको क्षुत्रमा बाँध्न सकियोस् भनेरै हामीले हरेक बर्ष  यो कार्यक्रम गर्दै आएका छौं। त्यसैले युएईमा बस्नुहुने सबैलाई कार्यक्रममा सहभागी हुन अनुरोध छ,' उनले भने।

प्रवासमा बसेर पनि थारु कलासँस्कृति,रितिरिवाजलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले थाकस युएईले हरेक वर्ष माघी पर्व मनाउँदै आएको छ। यसअघि कार्यक्रममा नेता राजकुमार लेखी ,सुन्दरी वर्षा लेखी,गायक संजय चौधरी,मनोज महतो, श्रीनिवास चौधरी, समाजसेवी रामलाल चौधरी, पत्रकार मदन चौधरी लगायतकोलाई निमन्त्रणा गरेका थिए।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu