थारु कल्याणकारिणी सभा बाँकेको सभापति बिनोद चौधरी कि बजारु चौधरी ?

Friday, 14 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
बाके:- भदौ २३ गते थारु कल्याणकारिणी सभाको बाँकेको अधिवेशनले विनोद चौधरी नेतृत्वमा नयाँ कार्यसमिति चयन भयो। केन्द्रले तोकेको निर्वाचन अधिकृत बुझाउन थारुको हस्ताक्षरित विज्ञप्तीमा विनोद चौधरीको नेतृत्वमा गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा फुलनदेवी थारु, सचिवमा हर्षवर्द्धन थारु, कोषाध्यक्षमा पुष्पा थारु, सहसचिवमा बलिराम थारु र सदस्यहरुमा विनकलाल थारु, गणेश थारु, सीता सिंह थारु, सन्तोष चौधरी र दिलकुमारी चौधरी सर्वसहमतिले चयन भएको उल्लेख छ। 
त्यस्तै पार्सदमा नेमनारायणसिंह थारु, ललितासिंह थारु, मंगल थारु, गणेश सिंह थारुको नाम उल्लेख छ। तर आफूहरुलाई थाहै नदिई नयाँ कार्यसमिति चयन गरेको भन्दै बजारु  थारुको नेतृत्वमा समानन्तर कमिटी गठन भएको छ। विनोद चौधरीले भने आफू आधिकारिक रहेको बताउँदै प्रमाणपत्र समेत वितरण भइसकेको र केन्द्रीय सल्लाहकार नियुक्त गर्ने तयारी भइरहेको बताए। उनले अधिवेशनका लागि सबैलाई खबर भएको, चिठी पठाइएको र खुल्लारुपमा अधिवेशन सम्पन्न भएको दाबी गरे।
तर बजारु चौधरीले निवर्तमान कार्यसमितिले कुनै पनि क्रियाकलाप वैधानिक तरिकाले नभएको स्पष्ट पारे। आफूहरु कार्यसमितिमा बस्न चाहेको र आफूहरुलाई बाइपास गर्न खोजेको आरोप उनको छ। उनले विधानविपरीत नयाँ कार्यसमिति चयन भएको बताए। आफूहरुको विरोधका बावजुद अवैधानिक तरिकाले गठन भएकाले हामी नयाँ कार्यसमिति बनाउन बाध्य भएको बजारुको दाबी छ।
यसबारे केन्द्रीय उपाध्यक्ष एवं निर्वाचन विभाग प्रमुख प्रेमीलाल थारुले यसबारे केन्द्रले प्रतिवेदन मगाएको र प्रतिवेदन प्राप्त भइनसकेकाले अहिल्यै केही भन्न नसकेको बताए।
थारु पत्रकार संघ नेपाल बाँकेका अध्यक्ष विमला चौधरीले यी दुई अध्यक्षसँग यसबारे प्रश्न गरेका छन्- दुई वटा कार्यसमिति बनाउनुभयो? बाँकेका थारुहरुले कुनलाई वैधानिक मान्ने? अडियो सुन्नुहोस्।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu