कविता " उपहार " :- ( छविलाल काेपिला )

Tuesday 23 April 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
कविता,,
#उपहार
-छविलाल काेपिला
कमरेड !
अाज तिमीलाई मेराे याे उपहार
दिनु त मसँग अरु केही छैन
म दाम चढाए ढाेग्न पनि सक्दिन
घाम लुकाएर भाग्न पनि सक्दिन
बस् ! मसँग यही एउटा कालाे झण्डा छ
जाे तिमीलाई खुब सुहाउँछ
जे जस्ताे भएपनि स्वीकार्नु ल !

कालाे झण्डा
तिम्राे टाेपीसँग पनि मिल्छ
तिम्राे काेटसँग पनि मिल्छ
जुत्ता त झन दुरुस्तै कालाे छ 
त्यसाे त कालाेसँग 
तिम्राे छाँयाकाे सम्बन्ध पनि मधुर छ
माया पनि उसैगरी प्रगाढ छ
त्यसैले तिमीसँग जे-जे कुरा मिल्छ
ठ्याक्कै हिसाब-किताब मिलाएर
याे उपहार पठाएकाे हुँ ।

सूर्यास्त पछि
अाैंसीकाे रात निस्पट्ट अँध्यारो हुन्छ
अँध्यारो पनि कालाे, कालाे लाग्छ 
अागाे बलेर काठ, इन्धन अंगार बन्छन्
अंगार पनि कालाे हुन्छ
चक्का जाम, अान्दाेलनमा
जसरी सडकमा टायर बालिन्छ
बाल्दा टायरकाे धुवाँ पनि कालाे हुन्छ
ठ्याक्कै मैले तिमीलाई सम्झें
तिम्राे अाचरण, स्वभाव सम्झें
तिमीलाई सुहाउला पनि
त्यसैले उपहारकाे याे कालाे झण्डामा
केही अाैसी, केही अंगार 
र केही धुवाँ राखेर पठाएकाे छु
सहर्ष स्वीकार गर्नू ।

रगत राताे हुन्छ
राताे रगत शहीदकाे प्रतीक
क्रान्तिकाे प्रतीक 
तर, रगत सुक्याे भने कालाे हुन्छ
कालाे तिमीलाई मन पर्छ 
अँध्यारो पनि तिमीलाई मन पर्छ
त्यसैले याे कालाे झण्डा पठाएकाे हुँ
किन कि,
राताे अनुवाद भएर कालाे भएकाे हाे
तिमीलाई राताे मन पर्दैन 
र, मैले पनि कालाे नै पठाएकाे छु
याे सानाे उपहार
मनैदेखि स्वीकारी दिनू ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu